धनकुटाले जित्यो सहिद रामकृष्ण श्रेष्ठ महिला फुटबल प्रतियोगिताको उपाधि

Dhankuta champion

धनकुटा । धनकुटा नगरपालिकाले दोस्रो पटक सहिद रामकृष्ण श्रेष्ठ अन्तरपालिका महिला फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ । अघिल्लो संस्करणमा पनि चौबिसे गाउँपालिकालाई पराजित गर्दै धनकुटा नगरपालिकाले उपाधि चुमेको थियो ।

सेमिफाइनलमा चौविसेले सहिदभूमिलाई र धनकुटा नगरपालिकाले पाख्रिवासलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानको आयोजनामा माघ २३ गते देखि प्रतियोगिता सुरु भएको थियो । प्रतियोगितामा धनकुटाको सातै स्थानीय तहको महिला टिम सहभागी थिए ।

धनकुटाको तल्लो टुँडिखेलमा आज भएको फाइनल खेलमा चौबिसे गाउँपालिकालाई २-० गोल अन्तरले पराजित गर्दै धनकुटा नगरले उपाधि जितेको हो । धनकुटाको जितका लागि सन्ध्या रम्तेल र भूमिका राईले समान एक/एक गोल गरे ।

निर्धारित ९० मिनेटको खेलमा कुनै गोल गर्न नसक्दा चौबिसे उपविजेतामा सीमित बन्यो । उपाधिसँगै धनकुटा नगरपालिकाको टिमले नगद ६० हजार सहित ट्रफी मेडल र प्रमाण पत्र पाएको छ । उपविजेता चौबिसेले नगद ३० हजारमा चित्त बुझाएको छ ।

सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठानको आयोजनामा चार दिनसम्म सञ्चालन भएको प्रतियोगितामा धनकुटाका सात वटै पालिकाका एक/एक टिमबीच उपाधिका लागि प्रतिष्पर्धा भएको थियो ।

२०७६ सालदेखि सुरु गरिएको प्रतियोगिताको यो तेस्रो श्रृंखला हो । पहिलो पटक प्रदेश नं. १ स्तरीय महिला फुटबल प्रतियोगिता गरिएको थियो । त्यसपछिका श्रृंखला आर्थिक कारण अन्तर पालिकास्तरीय प्रतियोगितामा सीमित पार्नुपरेको प्रतिष्ठानका अध्यक्ष ईश्वरबहादुर श्रेष्ठले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...