हङकङ यू -१९ माथि नेपालको सानदार जित, शनिबार निर्णायक खेल अफगानिस्तानसँग खेलने

Nepal vs hongkong

काठमाडौं । नेपालले आईसीसी यू-१९ विश्वकप एसिया छनोटमा लगातार तेस्रो जित निकालेको छ । नेपालको यो लगातार तेस्रो विजय हो ।

नेपाल यू–१९ ले एसीसी यू–१९ विश्वकप एसिया छनोटमा बुधबार हङकङ यू–१९ विरुद्ध ९ विकेटको सानदार विजय हात पारेको हो । बुधबार भएको खेलमा नेपालले हङकङलाई सहजै ९ विकेटले हराएको हो ।

नेपालले यसअघि यूएई र ओमानलाई हराएको थियो । अब नेपालले समूह चरणको अन्तिम खेलमा शनिबार अफगानिस्तानसँग खेल्ने छ । नेपालजस्तै अपराजित अफगानिस्तानले आज माथिल्लो मुलपानीमा यूएईसँग खेल्दै छ र पहिले ब्याटिङ गरेर ३५९ रनको विशाल योगफल खडा गरेको छ ।

आज अफगानिस्तानले यूएईलाई हराएमा नेपाल र अफगानिस्तानबीच शनिबार हुने खेल निर्णायक हुनेछ । नेपाल, ओमान, यूएई, अफगानिस्तान र हङकङ समावेश यो प्रतियोगिता राउन्ड रोबिनको आधारमा हुनेछ र विजेता टोली आईसीसी यू–१९ विश्वकपमा पुग्नेछ ।

युवराज खत्रीले लगातार दोस्रो खेलमा उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि नेपालले हङकङसँगको खेल जित्न १ सय १६ रनको लक्ष्य पाएको थियो । नेपालले तल्लो मूलपानी क्रिकेट मैदानमा १२.३ ओभरमा १ सय १८ रन बनाउँदै विजय हात पारेको हो । नेपालको यो लगातार तेस्रो विजय हो । पहिलो खेलमा यूएईलाई ५ रनले पराजित गरेपछि नेपालले दोस्रो खेलमा ओमानमाथि ८ विकेटको विजय हात पारेको थियो ।

अफगानिस्तानले पनि पहिलो दुई खेलमा विजय हात पारेको छ । हङकङ र ओमानविरुद्ध सजिलो विजय हात पारेको अफगानिस्तानले यूएईविरुद्ध माथिल्लो मूलपानी क्रिकेट मैदानमा ३५९/४ को स्कोर बनाएको छ ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...