भीमनारायण गोल्ड कप : आज युनाइटेड झापा र सप्तरीको नमोबुद्धबीच पहिलो सेमिफाइलन हुँदै

Vimnarayan cup 21 1

धनकुटा । धनकुटामा जारी सहिद भीमनारायण गोल्ड कपको १७ औं शृंखला अन्तर्गत आज झापाको युनाइटेड युथ क्लव र सप्तरीको नमोबुद्ध फुटवल क्लबबीच पहिलो सेमिफाइलन खेल हुँदैछ ।

नमोबुद्ध चैत १७ गते भएको आयोजक सहिद भीम नारायण स्मृति प्रतिष्ठानसँग भएको खेलमा विजयी हुँदै सेमिफाइनल प्रवेश गरेको थियो भने चैत १९ मा झापाको युनाइटेड युथ क्लवले काठमाडौंको चित्लाङ फुटवल क्लबलाई पराजित गर्दै सेमिफाइल प्रवेश गरेको थियो ।

झापाको युनाइटेड युथ क्लव गत वर्षको विजेता टीम पनि हो । आजको खेल युनाइटेडका लागि प्रतिष्ठाको विषय बनेको छ भने नमोबुद्धका लागि फाइनल पुग्ने सुनौलो अवसर पनि हुनेछ ।

यसअघि उदयपुरको गाइघाट फुटबल क्लब युथ क्लव र शुत्रबार भएको खेलमा विभागीय टिम एपिएफ क्लब र सेमिफाइनल प्रवेश गरेको छ । शुक्रबार यी दुई टोलीबीच अन्तिम सेमिफाइलन खेल हुनेछ ।

चैत २३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ५ लाख रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...