आहा रारा पोखरा गोल्डकपको उपाधि संकटालाई, अमेरिकी टिम उपविजेतामै खुम्चियो

Sankata club

काठमाडौं । आहा रारा पोखरा गोल्डकपको २२ औं संस्करणको उपाधि संकटा क्लबले हात परेको छ । अतिरिक्त समयको पनि अन्त्यतिर क्याप्टेन सुनिल बल नायक बन्दा संकटा क्लबले पोखरामा जारी आहा रारा पोखरा गोल्डकपको उपाधि रक्षा गरेको हो ।

योसँगै आहारारामा दोस्रो पटक संकटाले उपाधि सुरक्षित गरेको छ । यसअघि संकटाले ०७७ को आहारारा गोल्डकपको उपाधि जितेको थियो । आहाराराको २२ औं संस्करणसम्म आइपुग्दा संकटा ६ पटक मात्रै सहभागी भएको छ । जसमा एक पटक उपाधि चुमिसकेको छ । २ पटक फाइनल पुगेको संकटाले दुवै पटक विदेशी टिमको सामना गर्नुपरेको छ । ०७७ मा संकटाले अफ्रिकन रुट्सलाई ट्राइब्रेकरमा पराजित गरेको थियो ।

प्रतियोगिता विजेता संकटाले १२ लाख रुपैयाँ र उपविजेता भुटनिजले ६ लाख रुपैयाँ प्राप्त गरेका छन् । सहाराले यसै वर्षदेखि पुरस्कार राशीमा वृद्धि गरेको हो । आहारारा पोखराबाट नाम परिवर्तन गरेर ‘आहारारा पोखरा गोल्ड’ बनेको २२ औं संस्करणमा प्रथम पुरस्कारमा २ लाख र दोस्रो पुरस्कारमा एक लाख रुपैयाँ वृद्धि गरिएको हो ।

निर्धारित समयमा २–२ को बराबरी भएसँगै अतिरिक्त समयमा धकेलिएको खेलको ११७ औं मिनेटमा क्याप्टेन तथा मिडफिल्डर बलले उत्कृष्ट गोल गरेका थिए ।

२२ औं संस्करणको यो प्रतियोगिताको फाइनलमा संकटाले अमेरिकाको भुटानीज युथ स्पोर्टस् क्लबसँग प्रतिस्पर्धा गरेको थियो । प्रतियोगिताको विजेता संकटाले १२ र पाहुना टोली भुटानी स्पोर्टस्ले ६ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

खचाखच दर्शकको चर्को हुटिङमाझ खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । दुवै टिमले पटकपटक गोल गर्ने अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न भने चुके । निर्धारित समय बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।

फाइनल खेल हेर्न ८ हजार जनाभन्दा बढी दर्शक रंगशालामा उपस्थित भएका थिए । संकटाका कप्तानसमेत रहेका सुनिल बल उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

संकटाकै आयुष घलान उत्कृष्ट मिडफिल्डर हुँदा संकटाकै टीकेन्द्र थापा उत्कृष्ट गोल रक्षक र संकटाकै स्टेफन बिनोङ उत्कृष्ट फरवार्ड बने । संकटाकै सल्यान खड्गी उत्कृष्ट प्रशिक्षक घोषित हुँदा फ्लेयर प्ले धरान फुटबल क्बल र उत्कृष्ट डिफेन्डरको उपाधि भुटनिजका हेक्टर ओर्टेगाले पाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...