आज यी प्रदेशहरुमा हल्का वर्षा हुने, हिमाली क्षेत्रमा हिमपात

Mausam photo

काठमाडौं । आज दिउँसो देशका तीनवटा प्रदेशमा वर्षा हुने भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको हो ।

साथै देशको हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ । आइतबार राति प्रदेश नं १ को पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...