सरकार विरोधी प्रदर्शनमा उत्रिएका ५ विदेशीलाई देश निकाला गरिने

Bideshi desh nikala

काठमाडौं । सरकार विरोधी प्रदर्शनमा उत्रिएका ५ जना विदेशीलाई देश निकाला गरिने भएको छ । जेठ ३१ गते माइतीघरमा भएको सरकार विरोधी प्रदर्शनमा प्रहरीले ५ जना विदेशीलाई पक्राउ गरेको थियो ।

देश निकाला गर्ने निर्णय भएकामा २ महिलासहित ३ जना चिनियाँ नागरिक रहेका छन् । यसैगरी एक जना अस्ट्रेलियन पुरुष र एक जना अमेरिकन महिलालाई पनि देश निकाला गरिने छ । उनीहरु सबैलाई दुई वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय पनि भएको छ ।

सरकार विरुद्ध सडक प्रदर्शनमा उत्रिएपछि पक्राउ परेलगत्तै उनीहरुलाई अध्यागमन विभाग पठाइएको थियो । नेपालमा विदेशी नागरिक राजनीतिक गतिविधिमा संलग्न हुनुलाई गैरकानूनी मानिन्छ ।

पक्राउ परेकामध्ये एकजना विदेशीले नेपालीसँग विवाह गरेर बसेकाले उसलाई २० हजार रुपैयाँ जरिवाना मात्र गर्ने निर्णय भएको अध्यागमन विभागमा प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए । तिवारीले लकडाउन खुलेको १५ दिनभित्रमा उनिहरुलाई आफ्नो देश फर्काइने बताए ।

प्रतिकृया दिनुहोस