आफैँ गाडी हाँकेर काठमाडौं फर्किदैछन् पूर्वराजा शाह

Gyanendra shah

काठमाडौं । लकडाउनका कारण लामो समयदेखि पूर्वी नेपालको झापामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले आज काठमाडौं आउँदैछन् । पूर्वराजा शाहले काठमाडौं फर्किने सवारी पास पाएपछि आज बिहान झापाबाट काठमाडौंका लागि प्रस्थान गरेका छन् ।

पूर्वराजा शाह आफैँ गाडी चलाएर काठमाडौं फर्किइरहेका छन् । उनी बर्दिवाससम्म आफैँ गाडी हाँकेर आउने र त्यसयता उनका चालकले गाडी चलाउने छन् । उनले बर्दिवाससम्म आफै गाडी हाँक्नेछन् । त्यसपछि उनका चालकले चलाउनेछन् ।

पूर्वराजदम्पत्ती आफ्ना सहायक र सुरक्षा टोलीसहित शुक्रबार बिहान साढे आठ बजे दमकस्थित हिमालयन टी गार्डेनबाट काठमाडौँ प्रस्थान गरेका हुन् । 

जिल्ला प्रशासन कार्यालय झापाले बिहिबार नै पास उपलब्ध गराएको थियो । बिहीबार सवारी पास खारेज गरिएको केही घण्टामै गृहमन्त्रालयको निर्देशनमा झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताए । सो पास रद्ध गरेका थिए र त्यसको सामाजिक सञ्जालमार्फत आम नागरिकले चर्को विरोध गरेका थिए ।

पूर्वराजा शाह वीपी राजमार्ग हुँदै काठमाडौं आइपुग्ने तय भएको छ । उनी आउँदै गर्दा साथमा सुरक्षाकर्मी पनि फर्किरहेका छन् ।

प्रतिकृया दिनुहोस