मनाङमा पहिरोले थुनिएको मर्स्याङ्दी नदीको बहाव आंशिक रुपमा खुल्यो, चामेसहितका क्षेत्रमा बहाव बढ्दो

Manang flood  98542

काठमाडौँ । पहिरोका कारण थुनिएको मर्स्याङ्दी नदीको बहाव बिस्तारै खुल्न थालेसँगै सदरमुकाम चामेतर्फ जलसतह बढेको छ।

मनाङको मनाङ निसाङ गाउँपालिका ४ हुम्देमा पहिरो खसेर नदी थुनिएकोमा अहिले बहाव खुलेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए।

उनले भने, ‘मध्यान्न पहिरोले थुनिएको नदीको बहाव बिस्तारै खुल्न थालेको छ। त्यसले गर्दा नदीमा जल सतह बढ्ने क्रममा छ। सदरमुकाम चामेमा मर्स्याङ्दी नदीमाथि बनेको पुल जोखिममा छ।’

प्रजिअ लामिछानेले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको जानकारी दिए। बाढी तथा पहिरोको जोखिमबाट बच्न सुरक्षाका सबै निकायसँग समन्वय गरेर काम भइरहेको उनले बताए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...