नेपाल टी-२० लिग सुरु, उदघाटन खेलमा काठमाडौं नाइट्सविरुद्ध पोखरा एभेन्जर्स बलिङ गर्दै

Nepal 20 leagu

काठमाडौं । नेपाल टी-२० लिग आजदेखि सुरु भएको छ । काठमाडौं नाइट्स र पोखरा एभेन्जर्सबीच उदघाटन खेल भएको छ ।

पोखराले टस जितेर फिल्डिङ गरिरहेको छ । यी दुवै टिमले विदेशी खेलाडी मैदान उतारेका छन् ।

प्रतियोगितामा सहभागी भएका विदेशी खेलाडीको श्रम स्वीकृति लिन भने बाँकी नै छ ।

प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले उदघाटन गरेका हुन् । उनले खेलकुदको विकासमा यो राम्रो काम भएको बताए ।

प्रतियोगिताको विजेताले ५५ लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । उपविजेताले ३० लाख, तेस्रो र चौथो हुनेले क्रमश: १० र ५ लाख रुपैयाँ पाउनेछन् ।

प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीले पाँच लाख रुपैयाँ दिइनेछ । उत्कृष्ट ब्याटर र बलरलाई जनही साढे २ लाख रुपैयाँ पुरस्कार दिइनेछ । इमर्जिङ खेलाडीले उक लाख ८० हजार रुपैयाँ पाउनेछन् ।

हरेक खेलकाे प्लेयर अफ द म्याचले ४० हजार रूपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...