पहिलो जितको खोजीमा नेपाल

Kava

काठमाडौं । काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिपमा दोस्रो खेलमा नेपालले आज श्रीलंकासँग खेल्दैछ । शहीद सुहरावर्दी इनडोर स्टेडियम हुने खेल नेपाली समय अनुसार दिउँसो २ः४५ मा सुरु हुनेछ । पहिलो खेलमा आयोजक बंगलादेशलाई हार ब्यहोर्येको नेपाली टोली आजको खेलमा जित निकाल्ने योजनामा छ ।

नेपाल पहिलो खेलमा सोझो सेटमा पराजित भएको थियो । त्यसैले आजको खेलमा जित निकाल्दै नेपाल आफूलाई बलियो बनाउने योजनामा हुनेछ । नेपाली टोलीका मुख्य प्रशिक्षक जगदिश भट्टले आजको खेलमा जित निकाल्ने लक्ष्य भएको बताए ।

पहिलो खेलमा जित नजिक पुग्दा पनि केही गल्तीले गर्दा हार्न पुगेको भएपनि अजाको खेलमा त्यस्तो गल्ती नहुने बताए । यता श्रीलंका पनि आजको खेलमा पहिलो जित निकाल्ने योजनामा छ । श्रीलंका पहिलो खेलमा कीर्गिस्थनसँग सोझो सेटमा पराजित भएको थियो ।

आज नै हुने अर्काे खेलमा बंगलादेश र कीर्गिस्थानले प्रतिस्पर्धा गर्ने छन् । नेपालले च्याम्पियनसिपको पुष ९ गते लिग चरणको अन्तिम खेलमा किर्गिस्तानसँग खेल्नेछ । प्रतियोगितामा आयोजक बंगलादेशसँगै कीर्गिस्थान, नेपाल र श्रीलंकाको सहभागिता छ । प्रतियोगितामा चार टोलीको मात्र सहभागिता भएकोले चारै टोली यसअघि नै सेमिफाइनलमा पुगि सकेका छन् ।

प्रतिकृया दिनुहोस