कतार विश्वकप २०२२ : विजय र्‍यालीबाटै भागे अर्जेन्टिनाका खेलाडी

Argentina supporter bunes aayers

काठमाडौं । फिफा विश्वकप २०२२ को विजेता अर्जेन्टिनाका खेलाडी मंगलबार घरेलु भूमिमा भएको विजय र्‍यालीको भिड थेग्न नसकेर बीचबाटै भागेका छन् ।

मंगलबार अर्जेन्टिना पुगेर बसबाट र्‍याली सुरु गरेका उनीहरु अत्यधिक भिडको कारण र्‍याली अघि बढाउन नसक्ने भएसँगै हेलिकोप्टरमार्फत त्यहाँबाट निस्किएका हुन् ।

मंगलबार विजय उत्सव मनाउन निस्किएका मानिसहरुलाई करिब ८ घण्टा विश्वकपको ट्रफी देखाउने कार्यक्रम तय भएको थियो । तर, अत्यधिक भिडको कारण सडकको अवस्था अस्तव्यस्त देखिएको थियो। त्यसपछि योजना परिवर्तन गर्दै र्‍याली रद्द गरेर खेलाडीहरु हेलिकोप्टरबाट निस्किएका हुन् ।

‘उत्सव मनाउनेहरुको खुसीको विष्फोटको कारण जमिनमा र्‍यालीलाई निरन्तरता दिनु असम्भवजस्तै थियो’, राष्ट्रपति कार्यालयकी प्रवक्ता गाब्रिएला केरुटीले सामाजिक सञ्जालमा लेखेकी छिन् । सामाजिक सञ्जलमा सार्वजनिक भएका भिडियोहरुमा समर्थकहरु खेलाडी चढेको गाडीमा पुलबाट हाम फाल्दै गरेको देख्न सकिन्छ ।

विश्वकपको उपाधि जितेको खुसीयालीमा अर्जेन्टिनाको सरकारले मंगलबार सार्वजनिक बिदाको घोषणा गरेको थियो। मंगलबार अर्जेन्टिनको राजधानी सहर ब्युनर आयर्सका सडकमा करिब ४० लाख मानिसहरु खुसीयाली मनाउन निस्किएका थिए ।

केरुटीले भनेकी छिन्, ‘आज अर्जेन्टिनाले इतिहासकै सबैभन्दा असाधारणमध्येको एक ठूलो उत्सवको अनुभव गर्‍यो । घण्टौंघण्टासम्मको उत्साहित जमघटमा केवल उमंग र आभार मात्र थियो।’

मंगलबार अर्जेन्टिना आइपुगेका खेलाडीहरुले अर्जेन्टिनाको फुटबल संघ (एएफए)को ट्रेनिङ कम्प्लेक्सबाट विजययात्रा सुरु गरेका थिए। राजधानीको मध्यभागसम्म करिब २० माइलको लागि उक्त यात्रा सुरु भएको थियो। यद्यपि सुरक्षा बलले खेलाडीहरुलाई ओबेलिस्क स्मारकसम्म पुर्‍याउन सकेन ।

एएफएका अध्यक्ष किकुई टापियाले यस्तो अवस्था आउनुमा खेलाडीप्रति माफी मागेका छन् । मंगलबारको उत्सवमा सहभागी अधिकांश समर्थकले अर्जेन्टिनाको जर्सी लगाएका थिए । उनीहरुले कप्तान लियोनेल मेस्सी र म्याराडोना अंकित झण्डा पनि बोकेका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...