नेपाली यू–२३ भलिबल टोली बंगलादेश प्रस्थान

U 23 volleyball

काठमाडौं । काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिप खेल्ने नेपाली टोली बंगलादेश प्रस्थान गरेको छ ।

नेपाली टोली मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेको हो । नेपाली टोलीलाई यसअघि आइतबार एक कार्यक्रम आयोजना गर्दै नेपाल भलिबल संघले बिदाइ गरेको थियो ।

काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिप ७ देखि ११ पुससम्म बंगलादेशको ढाकामा आयोजना हुँदैछ ।

च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी चार टोलीको सहभागिता छ । चार टिम सहभागी प्रतियोगिता राउण्ड रोविन लिगको आधारमा हुनेछ ।

नेपालले च्याम्पियनसिपको पहिलो खेलमा पुस ७ गते आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । दोस्रो खेलमा ८ गते श्रीलंकासँग र ९ गते हुने लिग चरणको अन्तिम खेलमा किर्गिस्तानसँग खेल्नेछ ।

लिग चरणपछि पहिलो र चौथो तथा दोस्रो र तेस्रो स्थानमा रहनेबीच सेमिफाइनल खेल हुनेछ । सेमिफाइनल विजेताले फाइनल खेल्नेछन् ।

नेपाली टोली : धिरोजकुमार बस्नेत, रवि केसी, सन्तोष खत्री, अर्जुन नेपाली, रुपबहादुर गुरौ, बिष्णु बस्नेत, सफल विक, सन्तोष महता, मनिष मानन्धर, हेमन्त मल्ल, वेदप्रकाश जोशी, सम्राट भण्डारी, गौरव पाण्डे र भीमराज गुरुङ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...