६८ वर्षपछि विश्वकपको उपाधि जित्यो अर्जेन्टिनाले

मेसी फिफा विश्वकपमा सर्वाधिक खेल खेल्ने खेलाडी

First half arjentina

काठमाडौं । लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले ६८ वर्षपछि विश्वकपको उपाधि हात पारको छ । अर्जेन्टिनाले यसअघि १९७८ मा नेदरल्याण्डस्लाई तथा १९८६ मा जर्मनीलाई हराउँदै अर्जेन्टिनाले विश्वकपको उपाधि उचालेको थियो ।

लुसैल स्टेडियममा आइतबार राति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हराउँदै अर्जेन्टिनाले विश्वकपको उपाधि उचालेको हो ।

खेलको पहिलो हाफमा २–० ले अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफमा २ गोल खान पुग्यो । निर्धारित समयमा २–२ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा पनि दुवै टोलीले एक एक गोल थपेपछि खेल ३–३ को बराबरी भएको थियो । अतिरिक्त समयमा पनि बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

यता उपाधि रक्षा गर्ने होडमा रहेको फ्रान्सले भने तेस्रो पटक विश्वकपको उपाधि उचाल्ने सुवर्ण मौका गुमायो । यसअघिको खेलमा आक्रामक प्रर्दशन गर्दै आएको फ्रान्स पहिलो हाफमा खुलेर खेल्न सकेन ।

फ्रान्सले यसअघि सन् १९९८ मा ब्राजिललाई हराउँदै पहिलो पटक विश्वकपको उपाधि उचालेको थियो । पछिल्लो पटक २०१८ मा क्रोएसियालाई हराउँदै फ्रान्सले दोस्रो पटक विश्वकप उचालेको थियो ।

अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकपमा सर्वाधिक खेल खेल्ने खेलाडी बनेका छन् । कतारमा जारी २२औं संस्करणको विश्वकप फुटबल फाइनलमा फ्रान्स विरुद्ध मैदान उत्रेसँगै मेसीले सर्वाधिक २६ खेल खेल्ने कीर्तिमान बनाएका हुन् ।

विश्वकपमा सातौँ खेल खेलिरहेका मेसीले जर्मनीका लोथार म्याथाउसको २५ खेलको कीर्तिमान तोडेका हुन् । सन् २००६ मा सर्विया एण्ड मोन्टेनेग्रो विरुद्ध खेल्दै विश्वकपमा डेब्यु गरेका मेसी सर्वाधिक ५ विश्वकप खेल्ने ६ खेलाडीमध्ये एक हुन् ।

मेसीले फ्रान्स विरुद्ध २४ मिनेटभन्दा बढी खेलेपछि अर्को कीर्तिमान पनि बनाउनेछन् । मेसीले विश्वकपमा सर्वाधिक २ हजार २१७ मिनेट खेल्ने पाउलो माल्दिनीको कीर्तिमान तोड्नेछन् । मेसीले सन् २००६ मा तीन खेल खेलेका थिए भने २०१० मा पाँच खेल खेलेका थिए । यस्तै २०१४ मा फाइनल पुग्दा ७ र २०१८ मा ४ खेल खेलेका थिए । मेसीले विश्वकपमा अहिलेसम्म खेलेको २५ खेलमा ११ गोल गरिसकेका छन् । उनले पाँच मध्ये चार विश्वकपमा गोल गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...