पहिलो हाफमै अर्जेन्टिनाको अग्रता, मेस्सी बने सबै चरणमा गोल गर्ने पहिलो खेलाडी

First half arjentina

काठमाडौं । अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले विश्वकपमा अर्को कीर्तिमान बनाएका छन् । मेस्सी विश्वकपको समूह चरणदेखि फाइनलसम्म सबै चरणमा गोल गर्ने पहिलो खेलाडी बनेका हुन् ।

क्वार्टरफाइनलमा नेदरल्याण्डविरुद्ध र सेमिफाइनलमा क्रोएसियाविरुद्ध पनि गोल गर्दा मेस्सी अर्को कीर्तिमान नजिक पुगेका थिए । फाइनलमा गोल गरेसँगै यो कीर्तिमान बनेको हो ।

फ्रान्सविरुद्ध २३ औं मिनेटमा पेनाल्टीमार्फत मेस्सीले गोल गरेका हुन् भने खेलको ३६ औँ मिनेटमा एञ्जल डि मारियाको गोलमा अर्जेन्टिनाले फ्रान्सविरुद्ध अग्रता दोब्बर पारेको हो । लियोनल मेस्सी र अल्भारेजले मिलाइदिएको पासमा म्याक एलिस्टको क्रसमा डि मारियाले बललाई उत्कृष्ट फिनिसिङ दिएका हुन् ।

जारी विश्वकपमा फ्रान्सविरुद्ध फाइनलमा गोल गरेसँगै मेस्सीका नाममा नयाँ कीर्तिमान बनेको हो । यसअघिका चार वटा विश्वकपमा समूह चरणमा मात्रै गोल गरेका मेस्सीले यो विश्वकपमा नकआउटदेखि फाइनलसम्म गोल गरेका हुन् ।

२००६ को विश्वकपमा मेस्सीले डेब्यु गरेका थिए । डेब्यु विश्वकपमा उनले समूह चरणमा सर्विया एण्ड मोन्टेनेग्रोविरु गोल गरेका थिए । २०१० को विश्वकपमा भने मेस्सीले कुनै गोल गर्न सकेनन् ।

२०१४ मा मेस्सीले ४ गोल गरेका थिए। बोस्निया एण्ड हर्जगोभिनाविरुद्ध १ गोल, इरानविरुद्ध १ गोल र नाइजेरियाविरुद्ध २ गोल गरेका थिए । अर्जेन्टिना फाइनलमा पुगे पनि मेस्सीले नकआउटमा भने गोल गर्न सकेका थिएनन् । २०१८ मा अर्जेन्टिना अन्तिम १६ बाट बाहिरिएको थियो । फ्रान्सविरुद्ध अन्तिम १६ मा टिमले ३ गोल गरे पनि मेस्सीका नाममा गोल थिएन ।

समूह चरणमा उनले नाइजेरियाविरुद्ध एक गोल गरेका थिए । तर जारी विश्वकपमा उनले ६ गोल गरेका हुन् । समूह चरणमा साउदी र मेक्सिकोविरुद्ध गोल गरेका उनले अन्तिम १६ मा अष्ट्रेलियाविरुद्ध पनि गोल गरेका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...