कतार विश्वकप २०२२ : क्रोएसिया तेस्रो स्थानमा चित्त बुझाउन बाध्य

Croatia teem

काठमाडौं । क्रोएसियाले विश्वकप फुटबलको इतिहासमा दोस्रो पटक तेस्रो स्थान हात पार्न सफल भएको छ । गत विश्वकपमा उपविजेता बनेको क्रोएसियाले मोरक्कोलाई २–१ गोलले हराउँदै तेस्रो स्थानमा कब्जा जमाएको हो ।

विश्वकपमा पहिलो पटक सेमिफाइलन खेलेको अरबी टोली मोरक्को चौथो स्थानमा चित्त बुझाएको छ । शनिबार राति भएको खेलको सुरुवातमा नै क्रोएसियाले अग्रता लिएको थियो । सातौँ मिनेटमा जोस्को जिभार्डिओलले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । तर दुई मिनेट पछि नै मोरक्कोका असरफ दारीले बराबरी गोल फर्काएका थिए ।

मिस्लाभ ओरसिचले खेलको ४२ औँ मिनेटमा गोल गर्दै क्रोएसियालाई पुनः अग्रता दिलाए । दोस्रो हाफमा दुवै टोलीले गोलका लागि प्रयास गरे पनि गोल हुन सकेन र खेल क्रोएसियाले आफ्नो पक्षमा पार्न सफल भयो ।

क्रोएसियाले यसअघि सन् १९९८ को विश्शवकपमा तेस्रो स्थान हात पारेको थियो । त्यतिबेला क्रोएसियाले नेदरल्याण्डलाई २–१ गोल अन्तरले नै हराएको थियो ।​ ​मोरक्कोले भने पहिलोपटक तेस्रो स्थानका लागि खेलेको हो । पहिलोपटक सेमिफाइनल पुग्ने अफ्रिकी टोलीको इतिहास रचेको मोरक्को फ्रान्ससँग पराजित भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...