विश्वकपबाट बाहिरियो ङ्ल्याण्ड, फ्रान्स पुग्यो अन्तिम ४ मा

France teem

काठमाडौं । ङ्ल्याण्डलाई हराउँदै साविक विजेता फ्रान्स फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

कतारको अल बायत स्टेडियममा आइतबार विहान सकिएको अन्तिम क्वाटरफाइनलमा इंग्ल्यान्डलाई २-१ गोल अन्तरले हराउँदै फ्रान्स अन्तिम चारमा पुगेको हो । कप्तान ह्यारी केन पेनाल्टीमा गोल गर्न असफल भएपछि इंग्लयाण्ड विश्वकपको क्वाटरफाइनलबाटै बाहिरिएको छ ।

मध्यराती भएको खेलमा इंग्लयाण्डले खेलको अन्त्त्यतिर पेनाल्टी पाएको थियो । तर कप्तान केनले प्रहार गरेको पेनाल्टी पोष्ट बाहिर गयो । अब बायत रंगशालमा त्यसअघि भने इंग्लयाण्डले पेनाल्टी पाउँदा केनले नै गोल गरेका थिए ।

खेलको १७औं मिनेटमा औरेलियन चुवामेनीले एन्६नी ग्रीजमनको पासमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । फ्रान्सले पहिलो हाफमा अग्रता कायम राख्यो । तर ५४औं मिनेटमा केनले पेनाल्टीमा गोल गर्दै खेल १(१ को बराबरीमा ल्याए । ७८औं मिनेटमा ओलिभर जिरुडले गोल गर्दै फ्रान्सलाई २-१ को अग्रता दिलाउँदै जित नजिक पुर्‍याए ।

तर इंग्ल्याण्डले दोस्रो पटक पेनाल्टी पाउँदा खेलमा फर्कने अवसर पाएको थियो । केनको प्रहारले पोष्टको दिशा लिन सकेन । जसले गर्दा फ्रान्स भाग्यमानी बन्यो र लगातार विश्वकपको सेमिफाइनलमा पुग्यो । विश्वकपको उपाधि रक्षा गर्ने इतिहासकै तेस्रो टिम बन्ने अभियानमा रहेको फ्रान्सले अब मोरक्कोसँग सेमिफाइनल खेल्नेछ ।

सेमिफाइनलको पहिलो खेलमा आगामी मंगलबार राति पौने १ बजे क्रोएसिया र अर्जेन्टिना तथा बुधबार राति पौने १ बजे फ्रान्स र मोरक्को भिड्ने छन् । तेस्रो स्थानको लागि शनिबार राति पौने ९ बजे र फाइनल खेल आइतबार राति पौन ९ बजे हुनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...