मोरक्को सेमिफाइनल पुग्दा पोर्चुगल स्तब्ध, रुँदै मैदान छोडे क्रिस्टियानो रोनाल्डोले

मोरक्को पहिलो पटक विश्वकपमा अपराजित रहँदै यस पटक डार्क हर्स बनेर उदाएको छ

Moracco teem

काठमाडौं । अफ्रिकन टोली मोरक्को कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । मोरक्को पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुगेको हो ।

मोरक्कोले विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकन राष्ट्र बन्दै इतिहास रचेको छ । यता मोरस्कोसँग पराजित हुँदै पोर्चुगल कतार विश्वकपको क्वार्टरफाइनबाटै बाहिरिएको छ ।

दोहास्थित अल थुमामा स्टेडियममा शनिबार राति भएको खेलमा मोरक्कोसँग १–० ले पराजित हुँदै पोर्चुगल अन्तिम ८ बाटै बाहिरिएको हो । १६ वर्षपछि सेमिफाइनल पुग्ने योजनामा रहेको पोर्चुगलको बाटोमा अफ्रिकी टोली बाधक बन्यो ।

पोर्चुगलविरुद्ध १० खेलाडीमा समेटिएको मोरक्कोले पहिलो हाफमै गोल गरेको थियो । खेलको ४२ औं मिनेटमा नेसरीले एटिया अल्लाहको पासमा हेडर मार्फत गोल गरे । खेलको इन्जुरी समयमा मोरक्को १० खेलाडीमा समेटिएको थियो । वालिड चेडिराले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए ।

खेलको ४२ औँ मिनेटमा यासुफ इन–नेस्रीको गोलमा मोरक्कोले अग्रता बनाएको थियो । त्यसपछि खेलमा थप गोल हुन नसक्दा पोर्चुगलको विश्वकप यात्रा क्वार्टरफाइनलसम्म सिमित बनेको हो ।

मोरक्को पहिलो पटक विश्वकपको सेमिफाइनल पुग्ने क्रममा अपराजित छ भने यस पटक डार्क हर्स बनेर उदाएको छ । समूह चरणमा साविक उपविजेता क्रोएसियासँग बराबरी खेल्दै विश्वकप सुरु गरेको मोरक्कोले बेल्जियम र क्यानडालाई पराजित गरेको थियो ।

सन् २००६ मा सेमिफाइन पुगे यता पोर्चुगल पहिलो पटक क्वार्टरफाइनल पुगेको थियो । सन् १९६६ मा तेस्रो भएको पोर्चुगल १९८६ मा समुह चरणबाटै बाहिरिएको थियो ।

त्यसपछिका तीन संस्करण छनोट नै हुन नसकेको पोर्चुगल २००२ र २०१८ मा समुह चरणमै सिमित भएको थियो । २०१० र २०१८ मा पोर्चुगल नकआउट चरणबाटै बाहिरिएको थियो ।

पोर्चुगलबाट पाँचौँ पटक विश्वकप खेलिरहेका कप्तान क्रिस्टियानो रोनाल्डोका लागि सम्भवतः यो अन्तिम विश्वकप हुनेछ । सन् २००६, २०१०, २०१४, २०१८ र २०२२ गरि पाँच विश्वकप खेल्ने रोनाल्डो एक्ला खेलाडी हुन् । रोनाल्डोले विश्वकपमा ८ गोल गरिसकेका छन्। पाँच विश्वकपमा गोल गर्ने रोनाल्डो एक्ला खेलाडीसमेत हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...