अर्जेन्टिनाका मेसी सर्वाधिक खेल खेल्ने खेलाडीको लाइनमा

Messi argentina

काठमाडौं । नेदरल्याण्डलाई पराजित गर्न अर्जेन्टिनाका गोलकिपर एमिलियानो मार्टिनेजले नायक बने । त्यसैगरी सदावहार नायकको रुपमा अर्जेन्टिनाका लागि कप्तान लिओनल मेसी पनि उत्तिकै चम्किए ।

लुसेल आइकोनिक स्टेडियममा भएको दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिनाका कप्तान मेसीले विश्व कपमा सर्वाधिक १० गोल गर्ने अर्जेन्टिनी खेलाडीको कीर्तिमान बराबरी गरे । यसअघि अर्जेन्टिनाका लागि गाब्रिएल बाटिस्टुटाले विश्वकपमा १० गोल गरेका थिए ।

मेसीले विश्वकपमा सर्वाधिक खेल खेल्ने खेलाडीको सूचीमा संयुक्त रुपमा दोस्रो स्थानमा उक्लेका छन् । जर्मनीका मिरोस्ला क्लोजसमान मेसीले विश्वकपमा २४ खेल खेले ।

मेसीले अब सेमिफाइनल खेल्दै विश्वकपमा सर्वाधिक २५ खेल खेल्ने जर्मनीकै लोथर म्याथ्वुजको कीर्तिमान बराबरी गर्ने पक्का छ । फाइनल पुगेमा मेसी विश्वकपमा सर्वाधिक खेल खेल्ने खेलाडी बन्नेछन् ।

जारी विश्वकपमा मेसीको यो चौथो गोल हो । उनी सर्वाधिक गोल गर्नेमा फ्रान्सका किलिएन एमबाप्पे भन्दा एक गोलले पछि छन् । एमबाप्पेले ४ खेलमा ५ गोल गरिसकेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...