पेनाल्टी फाप्यो क्रोएसियालाई, ब्राजिललाई हराउँदै सेमिफाइनल प्रवेश

नेमार, रिचार्लिसन, लुकास पाक्वेटाको प्रहारलाई रोक्दै लिभाकोभिचले क्रोएसियालाई अतिरिक्त समय सम्म पुर्‍याए

Brasil vs cro

काठमाडौं । सर्वाधिक विश्वविजेता ब्राजिललाई पराजित गर्दै क्रोएसिया सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति एजुकेशन सिटी रंगशालामा ब्राजिललाई पेनाल्टी सुटआउटमा पराजित गरेको हो ।

क्रोएसियाले अब अर्जेन्टिना र नेदरल्याण्ड्सबीच हुने दोस्रो क्वाटरफाइनलको विजेतासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । क्रोएसियाले यसअघि अन्तिम १६ को खेलमा गोलकिपर लिभाकोभिच नायक बन्दा जापानलाई पेनाल्टीशूटआउटमा हराएको थियो ।

पहिलो हाफमा ब्राजिलले गोलका लागि लगातार प्रयास गरेपनि क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले निर्धारित ९० मिनेटमा ब्राजिलका ८ सेभ गरेका थिए ।पहिलो हाफमा ब्राजिलले क्रोएसियामाथि लगातार आक्रमक गरेको थियो ।

ब्राजिलले १४ सट प्रहार गर्दा ८ सट टार्गेटमा थियो तर गोल गर्न सकेन । क्रोएसियाले ६ सट हाने पनि टार्गेटमा थिएन । ब्राजिलका नेमार, रिचार्लिसन, लुकास पाक्वेटाको प्रहारलाई रोक्दै लिभाकोभिचले क्रोएसियालाई अतिरिक्त समय सम्म पुर्‍याएका थिए । क्रोएसियाका फरवार्ड अवसर बनाउन नसक्दा निर्धारित समयमा ब्राजिलका गोलकिपर एलिसन बेकर व्यस्त हुनुपरेन ।

अतिरिक्त समयमा दुवै टोलीले गोल गर्ने प्रयास गरेका थिए र दुवैले एक एक गोल गरे । खेलको १०६ मिनेटमा ब्राजिलले अग्रता लिए पनि क्रोएसियाले ११७ मिनेटमा बराबरी गोल फर्काएको हो ।

अतिरिक्त समयको पहिलो हाफको इन्जुरी टाइममा नेमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । उक्त गोलसँगै नेमारले ब्राजिलका लागि सर्वाधिक ७७ गोल गर्ने पेलेको कीर्तिमान समेत बराबरी गरे ।

नेमारले १२४ खेल खेल्दै पेलेको कीर्तिमान बराबरी गरेका हुन् । पेलेले ९२ खेलमै उक्त उपलब्धी हासिल गरेका थिए । नेमारको गोलपछि जित नजिक पुगेको ब्राजिलले अग्रता कायम राख्न सकेन भने ११७औं मिनेटमा क्रोएसियाले बराबरी गोल फर्कायो ।

क्रोएसियाका लागि ब्रुनो पेटकोभिचले बराबरी गोल फर्काएका हुन् । त्यसअघि नेयमारले ब्राजिललाई अग्रता दिलाएका थिए । अतिरिक्त समयमा पनि खेल बराबरी भएपछि पेनाल्टी सुटआउटबाट निर्णय लिइएको हो ।

क्रोएसियालाई ब्राजिलले पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गरेको हो । यसअघि पनि ब्राजिल क्वार्टरफाइनलबाटै बाहिरिएको थियो । नाल्टीमा क्रोएसियाका निकोला भ्लासिच, लोभ्रो माजेर, लुका मोड्रिच, मिस्लाभ ओर्सिचले गोल गरे ।

ब्राजिलका क्यासिमेरो र पेड्रोले गोल गरे । तर, रोड्रिगो र मार्क्विन्होस पेनाल्टीमा गोल गर्न चुके ।

उत्कृष्ट प्रस्तुती दिँदै क्रोएसिया
क्रोएसियाले अन्तर्राष्ट्रिय फुटबलमा उच्चस्तरको खेल प्रस्तुत गरिरहेको छ। खासगरी ठूला खेलमा अप्रत्याशित नतिजा प्राप्त गरिरहेको छ। १९९८ मा तेस्रो स्थानका लागि भएको खेलबाहेक क्रोएसियाले ८ मध्ये ७ नकआउट खेल अतिरिक्त समयमा टुंगो लगाएको छ।

विश्वकपमा पछिल्ला ५ मध्ये ४ नकआउट खेल अतिरिक्त समयमा धकेलिएका छन् । तीन खेलमा पेनाल्टीमा क्रोएसिया विजयी भएको छ । यो उसको चौथो जित हो । १९९८ मा पहिलोपटक सहभागी हुँदा नै क्रोएसिया तेस्रो भएको थियो । २०१८ को विश्वकप फाइनलमा फ्रान्ससँग निर्धारित समय ९० मिनेटमै टुंगिएको थियो । जुन खेलमा क्रोएसिया ४–२ ले हारेको थियो ।

प्रशिक्षक डालिकको नेतृत्वमा क्रोएसिया अन्तिम ११ खेलमा अपराजित छ । युरो २०२० यताका २० खेलमध्ये एउटामा मात्रै हारेको छ । विश्वकपमा क्रोएसियाको यो छैटौं सहभागिता हो । सन् २०१० बाहेक विश्वकपमा ऊ नियमित सहभागी भइरहेको छ । 

ब्राजिल भने पछिल्ला ५ मध्ये ४ क्वार्टरफाइनलमा हारेको छ । फ्रान्स, नेदरल्यान्ड्स र बेल्जियमसँग क्रमशः २००६, २०१० र २०१८ मा हारेको थियो ।

२००२ को विश्वकपको फाइनलमा जर्मनीलाई २–० ले हराएपछि पछिल्ला ६ वटै नकआउट खेलमा ब्राजिललाई युरोपेली राष्ट्रले अघि बढ्न दिएका छैनन् । ब्राजिल क्रोएसियासँग पछिल्ला ४ भेटमा हारेको थिएन । गत हप्ता क्यामरुनसँगको १–० को हार उनीहरुको अन्तिम १९ खेलपछिको एक मात्र हार थियो।

 

प्रतिकृया दिनुहोस