क्रोएसियालाई फाप्यो पेनाल्टी, जापानलाई हराउँदै क्वाटरफाइनलको यात्रा तय

जारी विश्वकपमा पहिलोपटक पेनाल्टीबाट नतिजा छिनोफानो, लिभाकोभिच नायक बन्दा क्रोएसियाको जित

Croatia teem

काठमाडौं । साविक उपविजेता क्रोएसिया कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा पुग्न पेनाल्टीकै सहारा लिनु परेको छ । यसअघि सन् २०१८ को विश्वकपमा पनि क्रोएसिया डेनमार्कलाई पेनाल्टी सुटआउटमा ३–२ ले पछि पार्दै क्वार्टरफाइनलमा पुगेको थियो ।

साविक उपविजेता क्रोएसिया कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अल जानुब स्टेडियममा सोमबार राति जापानलाई पेनाल्टी सुटआउटमा ३(१ गोल अन्तरले हराउँदै क्रोएसिया अन्तिम ८ मा पुगेको हो ।

जारी विश्वकपमा नकआउट चरण सुरु भएसँगै पेनाल्टी शुटआउटबाट नतिजा छिनोफानो भएको यो पहिलो खेल हो । जहाँ लिभाकोभिच नायक बन्दा क्रोएसियाले सहज जित निकाल्यो । लिभाकोभिचले जापानका ताकुमी मिनामिनो, काओरु मितोमा र माया योसिदाको पेनाल्टी बचाए । जापानका ताकुमा असानोले मात्र गोल गर्न सफल भए ।

खेलको निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीसँगै खेल अतिरिक्त समय धकेलिएको थियो । उक्त समयमा पनि गोल हुन नसकेपछि माथिल्लो चरणमा जाने टोलीको टुङ्गो पेनाल्टी सुटआउटबाट भएको हो ।

पेनाल्टी सुटआउटमा क्रोएसिया ३–१ ले विजयी भयो । पेनाल्टी सुटआउटमा जापानका ताकुमा एसानोको पेनाल्टी मात्र सफल हुँदा पाकुमी मिनामिनो, काउरो मिटोमा, माया योशिडाको प्रहार विफल भयो । क्रोएसियाका लागि निकोला भ्लासिक, मार्सेलो ब्रोजोभिक र मारियो पासालिकले गोल गरे । मार्को लिभाजाको प्रहार भने विफल भयो ।

समूह एफको उपविजेता क्रोएसिया पनि समूहमा अपराजित रहँदै नकआउटमा आएको थियो । पहिलो खेलमा मोरक्कोसँग गोलरहित बराबरी खेलेको क्रोएसियाले अन्तिम खेलमा बेल्जियमसँग पनि गोलरहित बराबरी खेल्यो, जुन नतिजाका कारण बेल्जियम समूह चरणबाटै घर फर्किएको थियो ।

साबिक उपविजेता क्रोएसियाले दोस्रो खेलमा क्यानडालाई ४–१ ले पराजित गरेको थियो । साबिक विजेता क्रोएसिया लगातार दोस्रोपटक पेनाल्टी सुटआउटमार्फत विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...