फ्रान्स पुग्यो क्वाटरफाइनलमा, पोल्याण्डको विश्वकप यात्रामा लाग्यो विराम

France sports

काठमाडौं । विश्वकप फुटबलअन्तर्गत अन्तिम १६ को खेलमा फ्रान्सले पोल्याण्डविरुद्धको ३-१ को गोलको रोमान्चक जित हात पार्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आइतबार राति दोहास्थित अल थुमामा स्टेडियममा भएको खेलमा फ्रान्ससँग ३–१ ले पराजित हुँदा पोल्याण्डको विश्वकप यात्रा सकिएको हो । फ्रान्ससँग पराजित हुँदै विश्वकप यात्रामा पूर्णविराम लाग्दा सन् १९८२ कै नतिजा दोहोराउन भने पोल्याण्ड असफल रह्यो ।

खेलको ४४ औँ मिनेटमा ओलिभर जिरुडको गोलमा फ्रान्सले सुरुवाती अग्रता लिएको थियो । जिरुडले एम्बाप्पेको पासमा गोल गरेका थिए । ओलिभर जिरुड फ्रान्सका लागि सर्वाधिक गोलकर्ता बनेका छन् ।

कतारमा भइरहेको फिफा विश्वकप फुटबल अन्तर्गत पोल्याण्ड विरुद्ध भइरहेको अन्तिम १६ को खेलमा गोल गर्दै जिरुडले फ्रान्सका लागि सर्वाधिक ५२ गोल गर्ने कीर्तिमान बनाए । यसअघि थियरी हेनरीको नाममा सर्वाधिक ५१ गोलको कीर्तिमान थियो ।

खेलको ७४ औं मिनेटमा गोल गर्दै केलियान एम्बाप्पेले टोलीको अग्रता दोब्बर पारेका थिए । जारी विश्वकपमा एमबाप्पेको लागि यो चौथो गोल हो । खेलको ७४ औं मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई २-० को अग्रता दिलाए । उनले ओसुमाने डेम्बेलेको पासमा गोल गरेका हुन् ।

२३ वर्षीय एमबाप्पेको यो आठौं विश्वकप गोल हो । एमबाप्पेले २४ वर्षमुनि विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् । उनले ब्राजिलियन लिजेण्ड पेलेको नाममा रहेको ७ गोलको कीर्तिमान भङ्ग गरेका हुन् ।

खेलको इन्जुरी समयमा एमबाप्पेले थुरामको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई ३(० को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गरेपनि फ्रान्स ३-१ ले विजयी भयो । अब फ्रान्सले अन्तिम आठमा इंग्ल्यान्ड र सेनेगल बीचको विजेतासँग खेल्नेछ ।

 

प्रतिकृया दिनुहोस