अस्ट्रेलियालाई २–१ गोलको नतिजामा पराजित गर्दै अर्जेन्टिना क्वाटरफाइनल प्रवेश

Messi arjentina

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ को अन्तिम १६ मा अस्ट्रेलियालाई २–१ गोलको नतिजामा पराजित गर्दै अर्जेन्टिना क्वार्टरफाइनलमा पुगेको छ ।

करिअरको १ हजारौं गोलमा मेस्सीले जादुयी प्रदर्शन गर्दा दुईपल्टको विश्व च्याम्पियन अर्जेन्टिना विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
जितसँगै अर्जेन्टिना कतार विश्वकपको क्वाटरफाइनलमा पुग्ने दोस्रो टोली बनेको छ । अब अर्जेन्टिनाले क्वाटरफाइनलमा नेदरल्यान्ड्सको सामना गर्नेछ । नेदरल्यान्ड्स यसअघि नै क्वाटरफाइनलमा पुगिसकेको छ ।

३५ वर्षीय मेस्सी करिअरको १६९ अन्तर्राष्ट्रिय खेल खेलिरहेका थिए । टिमलाई अर्को चरणमा पुग्न मेस्सीले आवश्यक समयमा शानदार प्रदर्शन गरे । उनीहरु आगामी शुक्रबार नेदरल्याण्ड्ससँगको क्वाटरफाइनल खेलका लागि तयारी गर्नेछन् ।

विश्वकपको यो खेलसँगै लियोनल मेस्सीले आफ्नो करिअरमा आधिकारिक १ हजार खेल पूरा गरे । मेस्सीको यो करिअरको ७८९औं गोलसमेत हो ।

लगातार पाँचौं संस्करण फिफा विश्वकप खेलेका मेस्सीले विश्वकपमा गोलसंख्या ९ पुर्याएका छन् । जारी विश्वकपमा उनको यो तेस्रो गोल हो । मेस्सीले विश्वकपको नकआउट चरणमा गोल गरेको यो पहिलोपल्ट समेत हो ।

अष्ट्रेलियाको रक्षात्मक रणनीतिले अर्जेन्टिनालाई पहिलो हाफमै समस्यामा पारेको थियो । तर, पीएसजीका स्ट्राइकर मेस्सीले विश्वकपको नकआउट चरणमा पहिलोपल्ट गोल गर्ने क्रममा शानदार प्रहार गरे । कतारको अहमद विन अली रंगशालामा उपस्थित अर्जेन्टिनी समर्थकमा यो गोलको खुसी हेर्नलायक थियो ।

दक्षिण अमेरिकी टिमका विश्वभर रहेका समर्थकको खुसी दोब्बर बनाउँदै युवा स्ट्राइकर जुलियन अल्भारेजले गोल गरे । उनले अष्ट्रेलियन गोलरक्षक म्याट रायनको गल्तीको फाइदा उठाउँदै ५७औं मिनेटमा पेनाल्टी एरियाबाट सहज गोल गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...