अष्ट्रेलिया र फ्रान्स नकआउटमा, जितेर पनि ट्युनिसिया समूह चरणबाटै छैटौंपटक बाहिरियो

Australia 1

काठमाडौं । कतारमा जारी विश्वकपमा डेनमार्कलाई हराउँदै अष्ट्रेलिया र पराजयपछि पनि फ्रान्स समूह विजेताका रुपमा नकआउटमा पुगेको छ ।
५१ वर्षपछि ट्युनिसियाले फ्रान्सलाई पराजित गरेको छ । यसअघिका ५ वटा विश्वकपमा सहभागी भएको ट्युनिसिया सबै विश्वकपमा समूह चरणबाटै बाहिरिएको छ। ट्युनिसिया छैटौंपटक पनि समूह चरणबाटै बाहिरिएको हो ।

विश्वकप फुटबलको समूह चरणको अन्तिम खेलमा समूहको बलियो टोली फ्रान्स १–० ले पराजित भएको हो । खेलको अन्तिम मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गरे पनि अफसाइड हुँदा ट्युनिसियाले खेल जितेको हो ।

पराजयपछि पनि फ्रान्स समूह विजेताका रुपमा नकआउटमा पुगेको छ । ऐतिहासिक जित पछि पनि ट्युनिसिया भने विश्वकपमा पहिलो पटक नकआउटमा पुग्ने सपना पूरा हुन सकेन। समूहकै अर्को खेलमा अष्ट्रेलियाले डेनमार्कलाई पराजित गर्दा ट्युनिसियाको सपना चकनाचुर भएको हो ।

१९७१ मा ट्युनिसियाले फ्रान्सलाई २–१ ले पराजित गरेको थियो । त्यसपछिका दुई खेल बराबरीमा सकिए पनि २ खेल फ्रान्सले जितेको थियो । २००८ मा ३–१ ले पराजित भएको ट्युनिसिया २०१० मा १–१ को बराबरी खेलेको थयो । फ्रान्सले सुरुका दुवै खेल जितेको थियो । ट्युनिसिया भने डेनमार्कसँग बराबरी खेलेको थियो ।

यता, डेनमार्कलाई हराउँदै अष्ट्रेलिया नकआउट चरणमा प्रवेश गरेको छ । बलियो प्रतिस्पर्धी डेनमार्कलाई १–० गोल अन्तरले पराजित गर्दै अष्ट्रेलिया अघिल्लो चरणमा प्रवेश गरेको हो ।

अष्ट्रेलियाका लागि एक मात्रै निर्णायक गोल म्याथ्यु लेकीले गरे । खेलको ६० औं मिनेटमा लेकीले गोल गरेका थिए । यससँगै समूह डीमा अष्ट्रेलियाले समूह चरणका तीन खेलबाट ६ अंक हात पारेको छ ।

यसअघि अष्ट्रेलिया सन् २००६ मा भएको विश्वकपको अन्तिम १६ मा पुगेको थियो। यस समुहबाट फ्रान्स यसअघि नै नकआउट चरणमा प्रवेश गरेको छ ।

प्रतिकृया दिनुहोस