विश्वकप २०२२ : पोर्चुुगल अन्तिम-१६ मा, उरुग्वे समूहबाटै बाहिरिने खतरा

Portugal game

काठमाडौं । पूर्व च्याम्पियन उरुग्वेलाई हराउँदै पोर्चुगलले फिफा विश्वकपको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ ।

यो हारपछि दुईपल्ट विश्वकप जितेको उरुग्वे यसपल्ट समूह चरणबाटै घर फर्किने खतरा बढेको छ । नकआउट चरणमा प्रवेश पाउन उरुग्वेले समूहको अन्तिम खेलमा घानालाई पराजित गर्नुपर्नेछ भने पोर्चुगलले दक्षिण कोरियालाई हराउनुपर्नेछ ।

जितसँगै समूह ‘एच’को पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेको छ । पोर्चुगलले लिगमा दुई खेलबाट ६ अंक जोडेको छ । यसै समूहको घानाले ३ अंक जोड्दा दक्षिण कोरिया र उरुग्वेको समान एक–एक अंक छ ।

सोमबार राति लुसाइल स्टेडियममा भएको खेलमा पोर्चुगललाई जित दिलाउन ब्रुनो फर्नान्डेजले दुई गोल गरे । उनले खेलको ५४औं मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका हुन् ।

दुवै टिमले स्तरीय खेलको नमूना प्रस्तुत गरेका थिए । तर, गोल दोस्रो हाफमा मात्र सम्भव भयो । ५४औं मिनेटमा बुर्नो फर्नान्डेजले गरेको क्रस उरुग्वेका गोलरक्षक सर्जियो रोचेटलाई छक्याउँदै गोल भयो । परस्टार क्रिस्टियानो रोनाल्डोले बल आफ्नो टाउकोलाई छोएर गोल भएको दावी गरे पनि म्यानचेस्टर युनाइटेडका मिडफिल्डर बुर्नोले नै गोलकर्ताको मान्यता पाए ।

खेलमा पोर्चुगल हावी भए पनि उरुग्वेले बराबरीको केहि अवसर गुमाएको थियो । पहिलो हाफमा रोड्रिगो बेन्टाकरको उत्कृष्ट प्रहार पोर्चुगिज गोलरक्षक डिओगो कोस्टाले बचाएका थिए । दोस्रो हाफमा म्याक्सी गोमेजको प्रहार पोष्टमा लागेपछि उरुग्वेले बराबरीको सुन्दर मौका गुमाएको थियो ।

इन्जूरी समयमा पोर्चुगलले पेनाल्टी पायो । भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) ले उरुग्वेका जोसे जिमिनेजले बक्सभित्र ह्याण्ड गरेको भन्दै दिएको पेनाल्टीलाई बुर्नोले गोलमा परिणत गरेका थिए ।खेलको अन्तिम सेकेण्डमा बुर्नो आफ्नो पहिलो विश्वकप ह्याट्रिकबाट चुके । उनको प्रहार पोष्टमा लागेर फर्किएको थियो ।

यो खेलको दोस्रो हाफमा बहुरंगी झण्डासहित एक व्यक्ति मैदान प्रवेश गरेका थिए । उनले सेभ युक्रेन, इरानी महिलाका लागि सम्मानजस्ता नारा लेखिएको टी(शर्ट लगाएका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...