साउदीसँग २–१ गोल अन्तरले पराजित भएसँगै अर्जेन्टिनाको रोकियो अपराजित यात्रा

Arg vs saudi

काठमाडौं । उपाधि दाबेदार अर्जेन्टिना विश्वकपअन्तर्गत समूह चरणको पहिलो खेलमै साउदी अरेबियासँग पराजित भएको छ । योसँगै अर्जेन्टिनाको अपराजित यात्रा रोकिएको छ ।

अर्जेन्टिनाको ३६ खेलको अपराजित यात्रामा मंगलबार साउदीले ब्रेक लगाइदिएको हो । साउदीसँग नहारेको भए अर्जेन्टिनाले ३७ खेल लामा अपराजित यात्रा इटलीसँग साझेदार गर्ने थियो । यसअघि सबैभन्दा लामो अपराजित यात्रा इटलीको नाममा छ ।

अल दयानस्थित लुसाइल स्टेडियममा मंगलबार भएको खेलमा अर्जेन्टिना साउदी अरेबियासँग २–१ गोल अन्तरले पराजित भएको हो । समूह डीमा तुलनात्मक रुपमा कमजोर मानिएको साउदीले पुनरागमन जित दर्ता गरेको हो ।

साउदीसँग हार भोगेसँगै विश्वकपमा लगातार ३७ खेलमा अपराजित रहेको अर्जेन्टिनाको यात्रामा पुर्णविराम लागेको छ । पहिलो हाफमा १–० पछि परेको साउदीले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै सानदार सुरुवात गरेको हो ।

खेलको नवौँ मिनेटमा पेनाल्टी मार्फत अर्जेन्टिनाले सुरुवाती अग्रता बनाएपनि दोस्रो हाफमा सम्हालिन नसक्दा हारबाट विश्वकपको सुरुवात गरेको छ । अर्जेन्टिनाका लागि ९ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

पहिलो हाफ १–० को अग्रतामा सकिए पनि दोस्रो हाफमा साउदीले आक्रामक खेल खेल्यो । साउदीका लागि खेलको ४८ औं मिनेटमा सलेह अलसेहरीको गोलमा बराबरी गरेको साउदीका लागि ५३औँ मिनेटमा सलिम अल दावसरीले गोल गर्दै महत्वपूर्ण जित दिलाए । सधैँ साउदीमाथि हाबी हुँदै आएको अर्जेन्टिनाले पहिलो पटक हार व्यहोरेको हो ।

प्रतिकृया दिनुहोस