विश्वकप २०२२ : घरेलु टोलीको कीर्तिमानी हार, इक्वेडरसँग २–० ले पराजित

Word cup suru

काठमाडौं । आयोजक कतारले विश्वकप फुटबलमा खराब सुरुवात गरेको छ । घरेलु मैदानमा इक्वेडरसँग २–० ले पराजित हुँदा विश्वकप फुटबलको उद्घाटन खेलमा आयोजक पराजित भएको पहिलो रेकर्ड बन्यो ।

इक्वेरडसँग पराजित हुँदा कतारको नाममा दुई खराब किर्तिमान बनेका छन् । विश्वकपको २२ औँ संस्करणसम्म आइपुग्दा आयोजक उद्‍घाटन खेलमा पराजित भएको पहिलो पटक हो । यसअघि २१ विश्वकपका सबै उद्घाटन खेलमा आयोजकले जित दर्ता गरेका थिए ।

यस्तै सन् १९७० मा मेक्सिको बाहेक हरेक टोलीले पहिलो खेलमा गोल गरेका छन् । जुन इतिहास कायम राख्न पनि पनि कतार चुकेको छ । ०१० मा दक्षिण अफ्रिकाबाहेक विश्वकप आयोजक राष्ट्रले नकआउट चरण पार गरेका छन् । यसअघि २०१८ को आयोजक रुसले पनि बलिया टोलीलाई हराउँदै क्वाटर फाइनलसम्मको यात्रा तय गरेको थियो । तर तुलनात्मक रुपमा कमजोर मानिएको एशियन देश कतारले भने खराब हार व्यहोरेको हो ।

यदी कतारले समूह चरण पार नगरेमा अर्को खराब इतिहास पनि उसको नाममा रहनेछ । घरेलु लिगका खेलाडीको साथमा मैदान उत्रेको कतारले विश्वकपमा पहिलो अनुभव बटुलीरहेको छ ।

आइतबार राति अल बेत रंगशालामा इक्वेडरले खेलको १६ औँ मिनेटमा अग्रता लियो । इक्वेडरका कप्तान इनर भ्यालेन्सियाले पेनाल्टीमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसअघि तेस्रो मिनेटमै भ्यालेन्सियाले नै कतारको पोष्टमा सफल प्रहार गरे पनि रेफ्रिले अफसाइड दिएका थिए ।

कतारका अल शहिबले फउल गरेपछी इक्वेडरले पेनाल्टी पाएको थियो। जसमा भ्यालेन्सिया चुकेनन् । उनले पहिलो हाफकै ३१ औं मिनेटमा दोस्रो गोल गर्दा इक्वेडरका लागि विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान आफ्नो नाममा लेखाए ।

समूह ए मा रहेको कतारले दोस्रो खेलमा शुक्रबार अफ्रिका कप नेसन्सको च्याम्पियन सेनेगलसँग खेल्नेछ। समूहको अन्तिम खेलमा २०१० को विश्वकपको फाइनलिष्ट टोली नेदरल्याण्डसँग मंसिर १३ गते खेल्नेछ। यो समूहमा नेदरल्याण्ड र सेनेगललाई बलियो टोलीका रुपमा हेरिएको छ।

यता सन् २०१४ पछि विश्वकपमा फर्किएको इक्वेडरले सुखद सुरुवात गरेको छ । इक्वेडरले यसअघि सन् २००२ र २००६ को विश्वकप खेले पनि २०१० र २०१८ को विश्वकप गुमाएको थियो । जितसँगै इक्वेडरले ३ अंक जोडेको छ ।

विश्वकप फुटबल अन्तरगत सोमबार साँझ ६ :४५ बजे इङ्ल्याण्ड र इरान, ९:४५ बजे सेनेगल र नेदरल्याण्ड तथा राति १२:४५ बजे अमेरिका र वेल्स भिड्ने छन्।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...