विश्वकप २०२२ : महिला रेफ्रीदेखि पहिलो मुस्लिम आयोजकसम्म, कतार विश्वकपमा के–के हुँदैछ पहिलोपटक ?

Qatar world cup card

काठमाडौं । सन् १९३० बाट आयोजना हुन थालेदेखि पुरुष विश्वकपका २१ संस्करण सम्पन्न भइसकेका छन् । यति लामो संस्करणपछि कतिलाई विश्वकपमा अब केही पनि नयाँ हुन बाँकी छैन भन्ने लाग्ने गर्छ । तर यसका बावजुद कतार विश्वकप २०२२ मा कयौं नयाँ कुरा देख्न पाइनेछ । यहाँ यस विश्वकपमा पहिलो पटक हुन लागेको प्रसंगको चर्चा गरिएको छ ।

यसपटक कतारले पहिलोपटक विश्वकपमा सहभागिता जनाएको छ । खेलकुदको नियमनकारी निकाय फिफाले आयोजक राष्ट्रलाई विश्वकपमा छनौट चरणमा नगुज्रिइकन सहभागी हुन नपाउने अनुमति दिने नियमअनुसार यसपटक कतार छनौट भएको हो । फुटबलमा तुलनात्मक नयाँ रहेको भएपनि पछिल्लो समय उसले यस खेलमा निक्कै धेरै लगानी गरिरहेको छ ।

यस लगानीका कारण कतारले सन् २०१९ को एसिया कप जित्यो । त्यस प्रतियोगिता अवधिभर उसको जम्मा एक मात्र गोल खाएको थियो । स्पेनिस कोच फेलिक्स सान्चेजको निगरानीमा रहेको कतार समूह चरणमा इक्वेडर, सेनेगल र नेदरल्यान्ड्स रहेको तुलनात्मक कमजोर समूहमा छ ।

जाडो महिनामा आयोजना भएको पहिलो विश्वकप
विगतमा विश्वकप मे, जुन वा जुलाईमा हुने गरेको थियो । तर यसपटक कतार २०२२ ले यस्तो परम्पराबाट तोड्दै नोभेम्बर–डिसेम्बरमा खेल गर्दैछ । मेदेखि जुलाई महिनाहरुमा कतारमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्न सक्छ । यसैलाई मध्यनजर गर्दै प्रतियोगितालाई जाडोमा गर्न लागिएको हो । तर कतारमा जाडो भनेको सापेक्षिक कुरा हो, किनकि त्यहाँको जाडोको औसत तापक्रम करिब ३० डिग्री सेल्सियस हुन्छ, जुन अन्य धेरै मुलुकको गर्मीमा हुने तापक्रम हो ।

आयोजकहरूले यस तापक्रमलाई थप कम गर्न रंगशालामा उच्च प्रविधियुक्त वातानुकुलित (एसी) प्रणाली प्रयोग गरेर गर्मी कम गरेको दावी गरेको छ । विश्व जाडोमा सार्दा विश्वका कयौं देशका ठूला घरेलु लिगहरूमा असर परेको छ । युरोपका सबै शीर्ष लिगहरुको विश्वकप अघि र पछि कसिलो समयतालिकामा खेल खेलाउन बाध्य हुन पुगे ।

पहिलो मुस्लिम आयोजक
कतारलाई आयोजन अधिकार दिएर फिफाले प्रतियोगितालाई विश्वको नयाँ भागमा लैजान खोजेको छ । यसअघिका २१ विश्वकपमध्ये कुनै पनि मुसलमान बहुल मुलुकमा भएका थिएनन् । कतार भने एक इस्लामिक मुलुक हो र इस्लामिक परम्परा पालना गर्ने मुलुक भएक्लो प्रतियोगिताको समयमा केही परिवर्तन गरिएका छन् ।

जस्तो कतारमा सार्वजनिक स्थानमा मदिराजन्य पदार्थ सेवनमा प्रतिबन्ध रहेकाले रंगशालामा विगतमा जस्तो रक्सी पाइने छैन । अब रक्सी खान चाहनेहरूले दोहा वरपर तोकिएको फ्यानका लागि तोकिएका क्षेत्रमा मात्र पाइनेछ । त्यहाँ फ्यानहरूका लागि खेलअघि र पछि शान्त हुनको लागि छुट्टै क्षेत्रहरू छुट्याइएको छ ।

लगभग एउटै सहरमा आयोजना हुन लागेको विश्वकप
कतार हालसम्मको सबैभन्दा सानो विश्वकप आयोजक मुलुक हो । अझ यस पटकको रंगशाला लगभग एउटै सहरमा हुँदैछ । विश्वकप आयोजनाका लागि कतारले बनाएका आठ रंगशाला राजधानी दोहा र मुख्य सहरको छेउछाउ ५० किमी व्यासभित्र छन् । सबै एक–अर्काबाट एक घण्टाको दूरीमा छन् ।

सानो मुलुक भएकाले कतारलाई यस विश्वकप प्रत्यक्ष रंगशालामा हेर्न आउने अनुमानित १० लाख दर्शकहरुको व्यवस्था प्रमुख चुनौती हुनेछ । ३० लाख भन्दा कम जनसंख्या भएको कतारका लागि दस लाख आगन्तुकका लागि आवश्यक बसोबास तथा खानपिनको व्यवस्था गर्न सुरुदेखि नै पूर्वाधारमा खर्च गरिरहेको छ । १२ वर्षअघि आयोजक राष्ट्र तोकिएदेखि नै कतारले बस, मेट्रो र होटेलमा ठूलो लगानी गर्दै आएको छ ।

पहिलोपटक महिला रेफ्री
कतार २०२२ मा पहिलोपटक महिला रेफ्रीहरू पनि देखिनेछन् । यामाशिता योशिमी, सलिमा मुकानसांगा र स्टेफनी फ्रापार्ट ३६ फुटबल अधिकारीहरूमध्ये छानिएका महिला रेफ्री हुन् । उनीहरुको साथमा न्युजा ब्याक, करेन डियाज मेडिना र अमेरिकी क्याथरिन नेस्बिट सहयाक(असिस्टेन्ट)का रुपमा कतार हुनेछन् ।

सन् २०२० मा पुरुष च्याम्पियन्स लिग खेलको जिम्मा लिने पहिलो महिला बनेर इतिहासमा नाम लेखाएकी फ्रापार्ट यस सूचीमा रहेको सबैभन्दा चर्चित नाम हो । फ्रपार्टलाई आदर्शका रुपमा रुवान्डाकी अर्की रेफ्री मुकानसांगाले पनि रेफ्री हुनेछिन् । प्रतियोगितामा कुन खेलमा पहिलो महिला रेफ्री देखिनेछन् भन्ने निश्चित भइसकेको छैन ।

पाँच सब्टिच्युटको व्यवस्था
यस विश्वकपबाट पहिलोपटक फुटबल टोलीले पाँच सब्टिच्युटहरूबाट विकल्प छान्न सक्नेछन् । विगतमा म्यानेजरले २३ जनाको क्वाडबाट छान्न सक्थे भने यस पटकबाट त्यो संख्या बढेर २६ पुगेको छ ।

प्रतिकृया दिनुहोस