कतार विश्वकप २०२२ को महाकुम्भ भव्य उद्घाटन, ३२ टोली सहभागी (तस्विरहरुसहित)

Word cup suru

काठमाडौं । विभिन्न विवाद, आलोचना र अनुमानका माझ १२ वर्षदेखिका कतारमा आज आइतवारबाट विश्वकप फुटबल प्रतियोगिताको उद्घाटन सत्र आरम्भ भएको छ ।

पहिलोपल्ट मध्यपूर्वको एक मुस्लिम देशमा हुन लागेको यो प्रतियोगिताको आयोजना विभिन्न विवादको छायामा परेको थियो । तर फुटबलको विश्व प्रशासकीय निकाय फिफाले यो प्रतियोगितामा सहभागी सबै ३२ वटा राष्ट्रलाई फुटबल खेलमा ध्यान केन्द्रित गर्न भनेको छ ।


अल बायत स्टेडियममा भव्य उद्घाटन भएसँगै एसियाली क्षेत्रमा दोस्रो पटक फुटबलको महाकुम्भ सुरु भएको हो । यसअघि सन् २००२ मा दक्षिण कोरिया र जापानले संयुक्त रुपमा विश्वकप आयोजना गरेका थिए । यसअघि जुन–जुलाइमा विश्वकप आयोजना हुँदै आए पनि कतारको तातो मौसमका कारण पहिलो पटक नोभेम्बर–डिसेम्बरमा आयोजना गरिएको हो ।

उद्घाटन समारोहका लागि स्टेडियमको तापक्रम २५ डिग्री सेल्सियसमा सीमित राख्ने प्रविधिको जडान गरिएको छ । विश्वकपका लागि कतारले १२ वर्ष अघिदेखि पुर्वाधार लगायत तयारी सुरु गरेको थियो । विश्वकपका लागि कतारले २ खर्ब २० अर्ब अमेरिकी डलर खर्च गरेको छ ।

अल बायत स्टेडियममा उद्घाटनपछि समूह चरणका ६ खेल, अन्तिम १६ को एक खेल, क्वार्टरफाइनल र सेमिफाइनलका एक–एक खेल हुनेछन् । समूह चरणको नेदरल्याण्ड, कतार, जर्मनी र स्पेन, इङल्याण्ड र अमेरिका, कोष्टारिका र जर्मनीको खेल यही रंगशालामा हुनेछ ।

३२ टोली सहभागी विश्वकपका ८ समुहका शीर्ष २ टोली नकआउट चरणमा प्रवेश गर्नेछन् । ३२ टोली सहभागी भएको विश्वकप यो अन्तिम हो । सन् २०२६ मा क्यानडा, मेक्सिको र अमेरिकाले संयुक्त रुपमा गर्ने विश्वकपमा ४८ टोलीले स्पर्धा गर्नेछन् ।

फ्रान्सका स्ट्राइकर करिम बेन्जेमा चोटका कारण प्रतियोगितामा सहभागी हुन सक्ने छैनन् । प्रशिक्षणका क्रममा तिघ्रामा चोट लागेका कारण उनी खेल्न नसक्ने जानकारी शनिवार सार्वजनिक भएको थियो ।

सेनेगलका फर्वार्ड साडिओ मानेलाई पनि कतारमा खेल मैदानमा देखिने छैन । उनको घुँडाको शल्यक्रिया गरिएको छ । विश्वकप खेल सुरु हुनु दशदिन अघि मात्र बायर्न म्युनिखका निम्ति खेलेको खेलमा उनलाई चोट लागेको थियो ।

ब्रजिलले सन् २००२ देखि यता विश्वकप जितेको छैन र उ विश्वकपको ट्रफी नउचाल्ने अन्तिम गैरयुरोपेली टोली हो । खेल सम्बन्धी तथ्याङ्क विश्लेषण गर्ने एक संस्था ओप्टाले गरेको भविष्यवाणी अनुसार ब्रजिलका प्रशिक्षक टिटीको टोलीले छैठौँ पटक ट्रफी उचालेर रेकर्ड बनाउन सक्ने जनाएको छ । तर लिओनेल स्कालोनीको आर्जेन्टिना तेस्रो पटक च्याम्पिअन बन्ने दोस्रो ठूलो सम्भावना रहेको बताइएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

नेपाली सेनाले निर्माण गर्‍यो १४११ किलोमिटर सडक ट्रयाक

Sena bato khandai

काठमाडौं । नेपाली सेनाले हालसम्म मुलुकका विभिन्न ठाउँमा एक हजार चार सय ११ किलोमिटर सडकको ट्रयाक ख...