शानदार ब्याटिङसँगै घरेलु मैदानमा नेपाललाई पहिलो शृंखला, युएई ६ विकेटले पराजित

Uae vs nepal

शानदार ब्याटिङसँगै घरेलु मैदानमा नेपाललाई पहिलो शृंखला, युएई ६ विकेटले पराजितकाठमाडौं । युएईविरुद्धको तीन खेलको एक दिवसीय सिरिज नेपालले २–१ ले आफ्नो पक्षमा पारेको छ । शुक्रबार भएको अन्तिम खेलमा युएईलाई ६ विकेटले पराजित गर्दै नेपालले सिरिज आफ्नो पक्षमा पारेको हो ।

त्रिवि क्रिकेट मैदानमा गत सोमबार भएको पहिलो खेलमा ८४ रनले पराजित भएको नेपालले बुधबार दोस्रो खेल ३ विकेटले जितेको थियो । घरेलु मैदानमा नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय शृंखला हासिल गरेको पहिलोपल्ट हो । यसअघि गत वर्षको चैतमा पपुवा न्युगिनीविरुद्धको पहिलो घरेलु एकदिवशीय अन्तर्राष्ट्रिय शृंखला नेपालले २–० ले गुमाएको थियो ।

नेपालले पहिलो खेल ८४ रनले गुमाएको थियो । दोस्रो खेलमा ३ विकेटले जित हात पार्दै सिरिज बराबरी गरेको थियो । युएईले दिएको १७७ रनको लक्ष्य नेपालले ४०.१ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो।

दोस्रो विकेटका लागि आरिफ शेख र ज्ञानेन्द्र मल्लले १२२ रनको साझेदारी गर्दै नेपाललाई जित उन्मुख गराएका थिए। ज्ञानेन्द्र मल्ल ६४ रन बनाउँदा एलबीडब्लु धरापमा परे । ७३ बलको बलको सामना गरेका मल्लले ७ चौका र ३ छक्का हाने । रोहित पौडेल १० रनमा रन आउट भए। ओपनर अर्जुन साउद ९ रनमा क्याच आउट भए। दिपेन्द्र सिहं ऐरि शुन्य रनमा रनआउट भए ।

अर्का ओपनर अर्जुन साउद ९ रनको व्यक्तिगत स्कोरमा आउट हुँदा नेपालले १० ओभरमा २४ रन बनाएको थियो । त्यसपछि आएका ज्ञानेन्द्रले आशिफसँग मिलेर दोस्रो विकेटका लागि १२२ रनको शतकीय साझेदारी गर्दै जितको आधार तय गरेका थिए ।

दोस्रो विकेटमा नेपालका लागि यो कीर्तिमानी साझेदारी हो । यसअघि ओमानसँग यी दुईले नै ९२ रनको साझेदारी गरेका थिए । ३३.१ ओभरमा आयन खानको बलमा एलबीडब्यू आउट हुनुअघि ज्ञानेन्द्रले ७३ बलमा ७ चौका र ३ छक्कासहित ६४ रन बनाए । एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको यो पाँचौं अर्धशतक हो ।

गुल्सन झा र दिपेन्द्र सिंह ऐरिले समान २ विकेट लिए। किफायती बलिङ गरेका दिपेन्द्रले १० ओभरमा ३ मेडन राख्दै २२ रन खर्चे । ७ ओभर बलिङ गरेका गुल्सनले ४२ रन खर्चे । कुशल भुर्तेलले ७ ओभरमा ३२ रन खर्चेर २ विकेट झारे। सोमपाल कामी, ललित राजवंशीले समान १ विकेट झारे ।

प्रतिकृया दिनुहोस