पाकिस्तानविरुद्ध नेपालको कप्तानी रोहित चन्दले गर्ने

Rohit chand

काठमाठौं । रोहित चन्दले पाकिस्तान विरुद्धको मैत्रीपूर्ण खेलमा नेपालको कप्तानी गर्ने भएका छन् । नेपालले कात्तिक ३० गते घरेलु मैदान दशरथ रंगशालमा पाकिस्तानसँग खेल्दैछ ।

यसअघि बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलमा कप्तानी गरेका करिणकुमार लिम्बुको व्यस्त तालिकाका कारण उपलब्ध नभएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले रोहितलाई कप्तानको जिम्मेबारी दिएको हो ।

छनोट समितिले रोहितको नाम प्रस्ताव गरेको र त्यसलाई एन्फाले अनुमोदन गरेको एन्फा प्रवक्ता सुरेश साहले बताए ।

गोलकिपर किरण हाल आई लिगका लागि भारतमा छन् । उनी राउण्ड ग्लास पञ्जावबाट नयाँ सिजनको आई लिग खेल्दैछन् । किरणले पाकिस्तानसँगको खेल खेल्न चाहे पनि व्यस्त तालिका मिलाउन कठिन हुने भएकोले टिममा राख्न नसकिएको प्रशिक्षक प्रवेश कटुवालले बताए ।

किरण सम्मिलित पञ्जावको पहिलो खेल कात्तिक ८ गते छ । ‘उनी आउन चाहेका थिए । तर, क्लबले पहिलो खेल खेलेर जानु भनेपछि एक दिन अघि आएर यहाँ खेलेर जान कठिन हुने भयो,’ प्रशिक्षक प्रवेशले भने ।

यसअघि एसियन कप छनोटमा नेपालका लागि कप्तानी गरिसकेका नवयुग श्रेष्ठ र पुजन उपरकोटीले टिममा पुनरागमन भने गरेका छन् । गत असोजमा बंगलादेशविरुद्धको खेलमा भने दुवै खेलाडी थिएनन् ।

रोहितले सन् २००९ मा प्यालेस्टाइन विरुद्ध १६ वर्षको उमेरमै नेपालका लागि डेब्यू गर्दै नेपालका लागि खेल्ने कान्छो खेलाडीको कीर्तिमान बनाएका थिए । पछि विमल घर्ती मगरले उक्त कीर्तिमान तोडे ।

रोहितले नेपालका लागि ७५ खेल खेलेका छन् । उनी सर्वाधिक खेल खेल्ने खेलाडी सूचीको दोस्रो स्थानमा छन् । नियमित कप्तान किरणले नेपालका लागि सर्वाधिक ८३ खेल खेलेका छन् ।

सुर्खेतका ३० वर्षीय रोहित हाल इन्डोनेसियन क्लब पर्सिक केडिरीबाट त्यहाँको लिग खेल्छन् । उनले सन् २००९ मा मछिन्द्र क्लबबाट घरेलु फुटबल करिअर सुरु गरेका थिए । त्यसपछि उनी भारतको आईलिग हुँदै इन्डोनेसियाको व्यवसायिक लिग खेल्न पुगेका हुन् ।

रोहितले हल एसीबाट आई लिग खेलेका थिए । त्यसपछि उनले इन्डोनेसियाको पीएसपीएस पेबनबरु, पर्सिजा जाकार्ताबाट खेलिसकेका छन् । रोहित मलेसियन क्लब टी(टिमबाट पनि खेलेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...