भव्य समारोहका बीच सकियो नवौं राष्ट्रिय खेलकुदको कुम्भमेला, दशौं संस्करणका लागि कर्णालीलाई झण्डा हस्तान्तरण

9th game sakiyo

पोखरा । २०८१ सालको मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा भेट्ने बाचा गर्दै नवौं राष्ट्रिय खेलकुद समापन भएको छ । पोखरा रंगशालामा भएको भव्य समारोहकाबीच प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतियोगिता समापन गरेका हुन् ।

‘एकताबद्द देश, खेलकुदको सन्देश’ भन्ने नाराको साथ आयोजना भएको नवौं प्रधानमन्त्री शेर बहादुर देउवाको उपस्थितिमा समापन भएको हो । नवौंको उद्घाटन भने उपराष्ट्रपति नन्दबहादुर पुनले गरेका थिए ।

समापनमा दशौं संस्करणको राष्ट्रिय खेलकुदको आयोजक कर्णाली प्रदेशलाई झण्डा हस्तान्तरण गरिएको थियो । दशौं संस्करणको राष्ट्रिय खेलकुद २०८१ सालको मंसिरमा आयोजना हुनेछ ।

समापनमा टिम च्याम्पियन बनेको नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ट्रफी प्रदान गरिएको थियो । पहिलो पटक राष्ट्रिय खेलकुदको टिम च्याम्पियनका लागि ट्रफी बनाईएको छ ।

आर्मी १ सय ७२ स्वर्ण पदकसहित सर्वाधिक ३ सय ७१ पदक जितेर टिम च्याम्पियन बनेको हो । यस्तै समापनमा सहभागिता जनाउने ११ टिमले मार्चपास गरेका थिए । त्यसबाहेक झाँकी, नृत्य, गायन लगायत आतिसबाजी गरिएको थियो ।

नवौंमा ११ टिमका ६ हजार १ सय ५७ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । जसमा खेलाडीले ३ सय ९७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेका थिए । यस पटक विभागिय टोलि नेपाल पुलिस, नेपाल एपीएफ र नेपाल आर्मी सहित सात प्रदेशका सात टिम र एनआरएनए गरि ११ टिमका खेलाडीले सहभागिता जनाएका थिए । यस पटक ३६ खेलका ३ सय ९६ इभेन्ट्समा खेलाडीले प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगिताको समापन गर्दै प्रधानमन्त्री देउवाले देशमा राजनीतिक स्थायित्व कायम भएसँगै अरु क्षेत्रसँग सँगै खेलकुदलाई पनि व्यवस्थित तवरल अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताए । राष्ट्रिय खेलकुद लगायतका अन्य खेल प्रतियोगितालाई नियमित तवरमा आयोजना गर्न सरकार प्रतिवद्ध रहेको बताए ।

समापनमा दशौं संस्करणको राष्ट्रिय खेलकुदको आयोजक कर्णाली प्रदेशलाई झण्डा हस्तान्तरण गरिएको थियो । दशौं संस्करणको राष्ट्रिय खेलकुद २०८१ सालको मंसिरमा आयोजना हुनेछ ।

 

 

 

प्रतिकृया दिनुहोस