खेलकुदको १० औं कुम्भमेला कर्णाली प्रदेशमा हुने, नवौं संस्करण आज सकिँदै

Rakhep baithak

काठमाडौं । बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको १० औं संस्करण कर्णाली प्रदेशमा आयोजना हुने भएको छ । नवौं संस्करण गण्डकी प्रदेशमा जारी छ ।

नवौं राष्ट्रिय खेलकुदको समापनको पूर्वसन्ध्यामा पोखरामा बसेको राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकले १० औं संस्करण कर्णाली प्रदेशमा गर्नै निर्णय गरेको हो । गण्डकी प्रदेशमा जारी नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज सम्पन्न हुँदैछ ।

समापनमा दशौं संस्करणको राष्ट्रिय खेलकुद आयोजक कर्णाली प्रदेशलाई झण्डा हस्तान्तरण गरिनेछ । दशौं संस्करणको राष्ट्रिय खेलकुद २०८१ सालको मंसिरमा आयोजना हुनेछ ।

१० औं राष्ट्रिय खेलकुद २०८१ सालमा कर्णाली प्रदेशमा आयोजना हुने निर्णय भएको बागमती प्रदेशका सदस्य सचिव सूर्यलाल भण्डारीले दिए । उनले २०८१ मै हुने तर महिना भने तय हुन बाँकी रहेको बताए । ‘२०८१ बैशाख वा मंसिरमा गर्ने भन्ने छ,’ भण्डारीले भने ।

बैठकमा एघारौं राष्ट्रिय प्रतियोगिताका लागि समेत विभिन्न प्रदेशले माग राखेका थिए । मधेश प्रदेशले एघारौं संस्करण आयोजना गर्नका लागि अहिल्यै प्रस्ताव गरेको छ । यस्तै सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश लगायतले पनि एघारौं राष्ट्रिय खेलकुद आयोजनाका लागि दाबी राखेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज गुरुपूर्णिमा मनाइँदै, व्यास जयन्ती पनि आजै

Teacher recruitment

काठमाडौं । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट...