नवौं राष्ट्रिय खेलकुद : प्रोटेस्टले रोकेन धावक दुर्गा बुढालाई, जिते स्वर्ण पदक

Durga budha

पोखरा । नवौं राष्ट्रिय खेलकुदमा ३ हजार मिटर स्टिपल चेजमा कर्णाली प्रदेशका धावक दुर्गा बुढाले स्वर्ण पदक जितेका छन् ।

दुर्गाले ८ मिनेट ५५ दशमलब १९ सेकेन्डबाट जितेको पदक नवौं राष्ट्रियमा कर्णालीको पहिलो स्वर्ण हो । दुर्गाले आठौं राष्ट्रियमा पनि कर्णालीका १ स्वर्ण र दुई रजत पदक जितेका थिए ।

उनी भारतीय सेनाका जागिरे हुन् । उनले भारतीय टिमको प्रतिनिधित्व गर्दै राष्ट्रिय प्रतियोगिता र एसियन च्याम्पियनसिप समेत खेलेका थिए । दुर्गाले स्वर्ण पदकसँगै राष्ट्रिय कीर्तिमान पनि बनाएका छन् । उनले राजेन्द्र भण्डारीले सन् २००४ को इस्लामाबाद सागमा उक्त कीर्तिमान राखेका थिए । भण्डारीको नाममा रहेको ८ मिनेट ५७ दशमलव ३० सेकेन्डको समयलाई उछिनेका हुन् ।

एपीएफका अजित यादवले ९ मिनेट २१ दशमलव १० सेकेन्डसहित रजत र त्रिभुवन आर्मी क्लबका सुवास कार्कीले ९ मिनेट २२ दशमलव १५ सेकेन्डसहित कास्य जितेका छन् ।

दुर्गाविरुद्ध खेल्नुअगाडि नै प्रोटेस्ट दर्ता भएको थियो । तीन विभागीय टिम (एपीएफ, आर्मी र पुलिस) र गण्डकी प्रदेशले संयुक्त रुपमा प्रोटेस्ट दर्ता गराएको थियो । जुम्लाका धावक दुर्गाले राष्ट्रिय प्रतियोगितामा सहभागिता गर्ने तर अन्तर्राष्ट्रिय प्रतियोगितामा देशमा प्रतिनिधित्त्व गराउँदा उपलब्ध हुन नसक्ने धाबकको सहभागिता खारेज गर्नुपर्ने मागसहित चार टिमले प्रोटेस्ट दर्ता गराएको हो ।

खेल्नुअगाडि नै प्रोटेस्ट दर्ता भएकाले उक्त इभेन्टको खेल झन्डै एक घन्टा पछाडि सारिएको थियो । प्रोटेस्ट दर्ता भएपछि नवौं राष्ट्रिय खेलकुद प्राविधिक उपसमितिले एथलेटिक्स खेल प्रतियोगिता सञ्चालन उपसमितिलाई पत्र लेख्दै इभेन्ट सञ्चालनको अनुमति दिएको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...