वडास्तरीय भलिवल प्रतियोगिताको उपाधी छथर सुदापलाई

Bb yanglung

म्याङलुङ । नवज्योती स्पोर्टिङ क्लबलाई पराजित गर्दै छथरले वडास्तरीय खुल्ला पुरुष भरिबल प्रतियोगितामा जित हात पारेको छ ।

तेह्रथुम जिल्लाको फेदाप गाउँपालिका वडा नं. ५, इसिबुले दशैंको अवसरमा आयोजना गरेको सो प्रतियोगितामा नवज्योती स्पोर्टिङ क्लबलाई पराजित गर्दै वडास्तरीय खुल्ला पुरुष भरिबल प्रतियोगितामा छथर गाउँपालिका सुदाप विजयी बनेको हो ।

तेह्रथुम जिल्लाका विभिन्न १६ वटा टीमले भाग लिएको सो प्रतियोगितामा उपाधी चुमेको छ । सोमबार सम्पन्न फाईनल खेलमा विजयी बन्दै सुदापले ५१ हजार, प्रमाणपत्र र मेडल हात परेको छ ।

सो प्रतियोगितामा उपविजेता बनेको नबज्योती स्पोर्टिङ क्लब फेदापले नगद ३१ हजार, प्रमाणपत्र, मेडल पाएको छ भने तेस्रो हुने मेन्छ्ययेम गाउँपालिका पौठाकले नगद १५ हजार, प्रमाणपत्र, मेडल जितेको छ ।

खेलमा बिजेता र उपबिजेता खेलाडीलाई फेदाप गाउँपालिका वडा न ५ का वडा अध्यक्ष पुरुषोत्तम तिम्सिनाले पुरस्कारहरु प्रदान गरे । साथै सो अवसरमा साँस्कृतिक प्रतियोगिता, भाले जुँधाई, हाँडी फोर, कुर्सी दौड लगायतका मनोरञ्जनात्मक प्रतियोगिताहरुको पनि आयोजना गरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...