श्रीलंकालाई छैटौँ पटक एसिया कपको उपाधि, पाकिस्तान २३ रनले पराजित

Sri lanka vs pakistan asia cup

काठमाडौं । श्रीलंकाले एसिया कपको उपाधि जितेको छ । आइतबार राति भएको फाइनल खेलमा पाकिस्तानलाई २३ रनले पराजित गर्दै श्रीलंकाले उपाधिमा कब्जा जमाएको हो ।

आठ वर्षपछि उपाधि जित्ने क्रममा श्रीलंकाले बलिङ र फिल्डिङमा सानदार प्रदर्शन गरेको थियो । यसअघि २०१४ मा पाकिस्तानलाई नै पराजित गर्दै श्रीलकाले एसिया कपको उपाधि जितेको थियो। श्रीलंकाले छैटौँ पटक एसिया कपको उपाधि जितेको हो ।

पहिलो ब्याटिङ गर्दै श्रीलंकाले दिएको १७१ रनको लक्ष्य पछ्याएको पाकिस्तान निर्धारित २० ओभरमा अलआउट हुँदै १४७ रनमा समेटियो । उसका लागि तीन खेलाडीले मात्र दोहोरो रनको स्कोर बनाए ।

पाकिस्तानका लागि मोहम्मद रिजवानले ५५ तथा इफ्तिखर अहमेदले ४२ रन तथा थप दोहोरो स्कोरका रुपमा हरिफ रउफले १३ रन बनाएका थए । उसका अन्य खेलाडीले भने गतिलो प्रदर्शन गर्न सकेनन् । पाकिस्तानलाई सस्तैमा समेट्ने क्रममा श्रीलंकाका प्रमोद मधुसनले ४ विकेट लिए। त्यस्तै वानिन्दु हसरंगाले ३ विकेट हात पारे ।

त्यसअघि पहिलो ब्याटिङ गरेको श्रीलंकाको पनि सुरुवात खराब रहेको थियो । उसले ५८ रन जोड्दा ५ विकेट गुमाएको थियो । तर श्रीलंकाको इनिङ्स भानुका राजापाक्ष र वानिन्दु हसरंगा डि सिल्भाले समालेका थिए । उनीहरूले छैटौँ विकेटका लागि ५८ रनको साझेदारी गरे। त्यस्तै राजपाक्ष र चामिका करुनारत्नेले सातौँ विकेटका लागि अविजित ५४ रनको साझेदारी गरे ।

राजापाक्षले आफनो इनिङमा ४५ बल खेल्दै ६ चौका र ३ छक्काको सहयोगमा ७१ रनको नटआउट इनिङ खेल्दा हसरंगाले २१ बलमा ४६ रन बनाए । त्यस्तै करुनारत्ने १४ रनमा नटआउट रहँदा थप दोहोरो स्कोरका रुपमा धनञ्जय डी सिल्भाले २८ रन जोडेका थिए । पाकिस्तानका लागि हरिस रउफले ३ विकेट लिएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...