साफ च्याम्पियनसीपमा नेपालको फराकिलो जितको सुरुवात, भुटान ४–० ले पराजित

Nepal bhutan

काठमाडौं । भुटानलाई ४–० ले हराउँदै नेपालले साफ च्याम्पियनसीपमा फराकिलो जितको सुरुवात गरेको छ । समूह ‘बी’मा रहेको नेपालले जितपछि तीन अंक बटुलेको छ ।

दशरथ रंगशालामा आज भएको उद्घाटन खेलमार्फत नेपालले सानदार सुरुवात गरेको छ । ठूलो वर्षाका कारण मैदानमा पानी जम्दा पहिलो हाफमा नेपालले थप गोल गर्न सकेन । पानी रोकिएपछि सुरु भएको दोस्रो हाफको सुरुवातदेखि नै नेपालले भुटानमाथि दबाब बनायो । दोस्रो हाफको दोस्रो मिनेटमा सुरु लिम्बुको पासमा दिपा शाहीले बक्स बाहिरबाट हानेको प्रहार पोष्टमाथिबाट बाहिरियो ।

दशौं मिनेटमा हिरा कसमारी भुजेलले बक्स बाहिरबाट हानेको प्रहार पोष्टमा लागेर फर्किएको थियो । साफमा भुटान तुलानात्मक रुपमा कमजोर टिम भए पनि १२ दिनअघि नै नेपाल आएर तयारी गरेको थियो । भुटानले पनि पहिलो हाफमा गोल गर्नै एउटा अवसर गुमायो ।

नेपालका लागि साम्बा भनेर चिनिने सावित्रा भण्डारी र अनिता बस्नेतले दुई–दुई गोल गरे । मध्यान्तरअघि १ गोल मात्र गरेको नेपालले मध्यान्तरपछि ३ गोल थपेको थियो ।

नेपाललाई जिताउन सावित्राले दुवै हाफमा गोल गरिन् । यस्तै अनिता बस्नेतले दोस्रो हाफमा दुई गोल थपिन् । राष्ट्रिय टिममा पुनरागमन गरेकी सावित्रा भण्डारी ‘साम्बा’ले गोल गरेपछि नेपालले १–० को अग्रता बनाएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...