केन्यालाई १६ रनले हराउँदै नेपालले जित्यो 'वान डे' श्रृंखला

Nepal kenya cricket

काठमाडौं । घरेलु टोली केन्याविरुद्धको एकदिवसीय सिरिज नेपालले जितेको छ ।

श्रृंखलाको शुक्रबार भएको पहिलो खेल नेपालले ७ विकेटले जितेको थियो । अन्तिम खेल सोमबार हुनेछ । पहिलो एकदिवसीयमा नेपालले न्यालाई ७ विकेटले पराजित गरेको थियो ।

शनिबार भएको दोस्रो एकदिवसीयमा केन्यालाई १७ रनले हराउँदै नेपालले तीन खेलको सिरिज एक खेल अगावै जितेको हो । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपालले दिएको २ सय ३१ रनको लक्ष्य पछ्याएको केन्याले ४६ ओभर ३ बलमा सम्पूर्ण विकट गुमाउँदै मात्र २१३ रन बनायो ।

केन्याकालागि राकेप पटेलले ८१ रनको अर्धशतकीय पारी खेले । ९८ बल खेलेका उनले ८ चौका र १ छक्का प्रहार गरे । त्यस्तै नेसन ओडियाम्बोले २८ रन बनाउँदा गेराड मुठीले २० रनको बनाए ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४ विकेट लिए । त्यस्तै सोमपाल कामीले तीन विकेट लिँदा करण केसी र आदिल अन्सारीले एक–एक विकेट लिए ।

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा अलआउट हुँदै २३० रन बनाएको थियो । नेपालका लागि रोहित कुमार पौडेलले सर्वाधिक ७८ रन बनाए । त्यस्तै, देव खनालले ३७ तथा सोमपाल कामीले २६ रनको योगदान दिए । ज्ञानेन्द्र मल्लले २५ रन बनाए । केन्याका लागि नेहमिहा ओधियाम्बो, भिराज पटेल र सेम एनगोचेले २–२ विकेट लिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...