पैसा बाँड्न लागेको वडाध्यक्षका उम्मेदवार स्थानीयको नियन्त्रणमा

Nirwachan matadan

काठमाडौँ । स्थानीय तह निर्वाचनको मौन अवधिमा लमजुङमा एमाले उम्मेदवारले मतदातालाई प्रभावित पार्न पैसा बाँड्न लागेको भन्दै स्थानीयले नियन्त्रणमा लिएका छन् । बेसीशहर नगरपालिका वडानम्बर ११ बाट एमालेका वडाध्यक्ष उम्मेदवार बनेका शिवप्रसाद जोशीलाई बुधबार राती स्थानीयले नियन्त्रणमा लिएर प्रशासनलाई बुझाएका हुन् । जोशीको साथबाट १ लाख ३५ हजार रुपैयाँ, माछा पुच्छरे बैंकको चेक र पैसा बाँड्न तयार नामलिस्ट र झोलासहित कागजात भेटिएको थियो । प्रमुख जिल्ला अधिकारी सुशील बैद्यले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् ।

 

 

 

प्रतिकृया दिनुहोस