लमजुङमा नौ सय कर्मचारी खटिए, खटिने कर्मचारीलाई तालिम प्रदान

Nirwachan matadan

लमजुङ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा खटिने कर्मचारीलाई तालिम प्रदान गरिएको छ । निर्वाचनमा लमजुङमा ८ सय ९५ जना कर्मचारी खटिएको निर्वाचन कार्यालय लमजुङले जनाएको छ । प्रत्येक मतदान केन्द्रमा ३र३ जना गरी ५ सय ४६ जना स्वयंसेवक खटाइने भएको छ । एउटा मतदानस्थलमा १ देखि ३ वटासम्म मतदान केन्द्र रहेको जिल्ला निर्वाचन अधिकारी सिर्जना मिश्रले बताइन् ।

उनका अनुसार ५ सयभन्दा कम मतदाता रहेको १५ वटा मतदान केन्द्र छन् । ५ सय सम्म मतदाता रहेको केन्द्रमा १ जना सहायक कर्मचारी र ५ सय बढी मतदाता रहेको केन्द्रमा २ जना सहायक कर्मचारी खटिने भएका छन् । ४ नगरपालिका र ४ गाउँपालिका रहेको लमजुङमा १ सय २३ मतदानस्थल छन् ।

यसमा १ सय ८२ मतदान केन्द्र छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १ सय ८२ जना मतदान अधिकृत र १ सय ८२ जना नै सहायक मतदान अधिकृत खटिने छन् । यसमा ३ सय ४९ जना सहयोगी कर्मचारी र १ सय ८२ जना कार्यालय सहयोगी खटिने मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए ।

 

प्रतिकृया दिनुहोस