निर्वाचन आयोगले माग्यो आचारसंहिता उल्लंघनकर्ताको विवरण

Nirwachan aayog bilding


काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिता उल्लंघनकर्ताको विवरण माग गरेको छ । आयोगले सोमबार विज्ञप्ति जारी गर्दै सबै जिल्ला प्रशासन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयलाई आचारसंहिता उल्लंघनकर्ताको विवरणसहित कारवाहीका लागि सिफारिस गरी पठाउन निर्देशन दिइएको जनाएको हो । स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन ल्याइएको आचारसंहितअनुसार सार्वजनिक भवन, सार्वजनिक उद्यान, सार्वजनिक सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिह्न राख्न वा टाँस्न नहुने आयोगले प्रस्ट पारेको छ ।

आयोगले आचारसंहितामा कुनै पनि उम्मेदवारले आफ्नो कार्यालय बाहेकका स्थानमा झण्डा, दल वा उम्मेदवारको चुनाव चिह्न, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स र ग्लुसाइन बोर्ड राख्न तथा श्रव्य सामग्री बनाउन र श्रव्यदृश्य सामग्री प्रदर्शन गर्न नहुने प्रावधानप्रति पनि ध्यानाकर्षण गराएको छ । दल वा उम्मेदवारको चुनाव चिह्न वा दलको झण्डाको तोरण बनाइ सार्वजनिक प्रदर्शन गर्न वा गराउन नहुने, कुनै किसिमको भित्तेलेखन गर्न वा गराउन नहुने व्यवस्था विपरीत कतिपय स्थानमा कानुनले वर्जित गरेका यस्ता कार्य भइरहेको जानकारीमा आएको भन्दै आयोगले राजनीतिक दल, उम्मेदवार, निर्वाचन प्रतिनिधि वा कुनै व्यक्तिले आचारसंहित विपरीत पोस्टर, भित्ते लेखन, तुल, ब्यानर, डिजिटल डिस्प्लेजस्ता प्रचारात्मक सामग्री प्रयोग गरेको पाइएमा तत्काल हटाउने वा हटाउन लगाउने र त्यस्तो स्थानलाई दुरुस्त बनाइराख्न आदेश गरिएको आयोगले जनाएको छ ।

त्यस्तो सामग्री जुन स्थानमा राखिएको छ, सोही स्थानीय तहको उम्मेदवारले राखेको ठहर गरी सोही दल वा उम्मेदवारबाटै हटाउन आदेश दिइ आदेशको बर्खिलाफ गर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गर्ने र कुनै उम्मेदवारले आयोगले बनाएको आचारसंहिता उल्लंघन गरेको कारण निर्वाचन स्वतन्त्र, स्वच्छ र धाँधलीरहित तवरबाट हुन नसक्ने कुरामा आयोग विश्वस्त भएमा त्यसको प्रस्ट आधार र कारण खोली आयोगले त्यस्तो उम्मेदवारको उम्मेदवारी रद्दसमेत गर्ने प्रावधानप्रति पनि आयोगले ध्यानाकर्षण गराएको छ ।

 

 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...