स्थानीय तह निर्वाचन : १ करोड ७७ लाख ७५ हजार मतपत्र छापियो

Local election

काठमाडौँ । निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि हालसम्म १ करोड ७७ लाख ७५ हजार मतपत्र छपाइ कार्य सम्पन्न गरेको छ ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले मनोनयन अपडेट गर्ने क्रम अझै जारी रहेको भन्दै देशभरबाट एक लाख ५३ हजार २ जनाको उम्मेदवारी परेको पनि जानकारी दिए । मतदान तथा निर्वाचनको काम गर्न २८ वैशाखदेखि ३० वैशाखसम्म मतदान स्थल र मतदान स्थल रहेका विद्यालय उपयोग गर्न तीन दिन विद्यालय बन्द हुने आयोगले जनाएको छ ।

तीन दिन ती विद्यालयमा वैकल्पिक विधिबाट अध्ययन गर्ने व्यवस्था मिलाउन आयोगले भनेको छ । साथै मतदान केन्द्रका रुपमा प्रयोग हुने भवन उपलब्ध गराउन निर्वाचन आयोगले सरकारलाई पत्राचार गर्ने निर्णय पनि गरेको छ । मतदानका दिन सार्वजनिक विदा दिन मुख्यसचिव मार्फत नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय आयोगले जनाएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...