स्थानीय तह निर्वाचन : उम्मेदवारको नामावली आज साँझ प्रकाशन गरिने

Nirwachan aayog bilding

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली आज प्रकाशन गरिने भएको छ ।

१२ र १३ वैशाखमा दर्ता भएका मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले जाँचबुझ गरिरहेको छ । उजुरी उपर कारवाही गर्ने नगर्ने निर्णय गरी आज साँझ ६ बजे नामावली प्रकाशन गर्ने तालिका छ ।

आयोगले १६ वैशाख साँझसम्म उम्मेदवारले मनोनयन फिर्ता लिन सक्नेछन् भने उम्मेदवारको अन्तिम नामावली नै शुक्रबार नै प्रकाशन हुनेछ । निर्वाचन आयोगका अनुसार १७ गते मात्रै उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने छ । ७५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि साढे १ लाख ५२ हजार ४६५ जनाले उम्मेदवारी दिएका छन् ।

विगतका निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीमा नाम रहेका करिब १५ जना व्यक्तिको उम्मेदवारी खारेज भएको आयोगले जनाएको छ ।

७५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि साढे १ लाख ५२ हजार ४६५ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगका अनुसार प्रमुख पदका लागि ३ हजार ४९६, उपप्रमुख पदका लागि २ हजार १५७ जनाले निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएको छ । त्यसैगरी अध्यक्ष पदमा ३ हजार ३८७, उपाध्यक्ष पदमा २ हजार ४०१ जनाले उम्मेदवारी दिएका छन् ।

३५ हजार २८४ जनाले वडा अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् । महिला वडा सदस्य पदका लागि २६ हजार ४६८, दलित महिला सदस्यका लागि २३ हजार ८५९, सदस्य पदमा ५५ हजार ४९१ जनाले उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...