फुटसल लिगको उद्घाटनमा द राइजिङ र स्काई गोल्स भिड्ने

Khel futasal

काठमाडौं । पोखरामा आयोजना हुने राष्ट्रिय फुटसल लिगको तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ ९एन्फा० ले मंगलबार पोखरामा आयोजना हुने राष्ट्रिय फुटसल लिगको तालिका सार्वजनिक गरेको हो ।

पोखरा रंगशाला परिसरमा रहेको कबर्ड हलमा उद्घाटन हुने खेलमा द राइजिङ क्लब, धरान र स्काई गोल्स फुटसलबीच प्रतिस्पर्धा हुनेछ ।

फुटसल लिग १८ सेप्टेम्बरदेखि ८ अक्टोबरसम्म हुनेछ । जसमा देशभरबाट १० क्लबको सहभागिता रहने छ ।

प्रतियोगितामा सहभागी १० टोलीलाई सिंगल राउण्ड रोविनको आधारमा खेलाइने छ । अन्तिममा शिर्ष ४ क्लबलाई प्लेअफको आधारमा खेल खेलाइने एन्फाले बताएको छ । पहिलो प्लेअफको विजेता सिधै फाइनल पुग्नेछ भने बाँकी टोलीले इलिमेटर राउण्ड खेल्नुपर्ने छ ।

लिगको विजेताले १० लाख प्राप्त गर्दा उपविजेता दोस्रो टोलीले ५ लाख पाउने छ । यस्तै प्रतियोगिताको विधागततर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट प्रशिक्षक र युवा खेलाडीले जनही २५ हजार प्राप्त गर्नेछन् ।

फुटसल ५ धरान, द राइजिङ क्लब धरान, ढुकु फुटसल हब, शंखमुल फुटसल, प्रभातफेरि युथ क्लब, स्काई गोल्स फुटसल, स्पोर्टस् क्यासल, सविन मेमोरियल फुटसल क्लब, लुम्बिनी फुटसल र झर्ना स्पोर्टस् क्लब ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सगरमाथा आरोहि शेर्पा सम्मानित

Tenging samman

काठमाडौं । सगरमाथा आरोहित डिजे तेन्जिङ शेर्पालाई विभिन्न सङ्घरसंस्थाले सम्मान गरेका छन् । सफल सग...