दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित, हारे पनि मन जिते नेपाली खेलाडीले

Nepal vs india football

काठमाडौं । भारतसितको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र भारतले १-१ गोलको बराबरी खेलेका थिए ।

आज भएको दोस्रो खेलमा भारतसँग नेपाल २–१ गोलअन्तरले पराजित भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा भारतले नेपालमाथि जित हासिल गरेको हो ।

भारतलाई जित दिलाउन फारुख चौधरी र सुनिल क्षेत्रीले एक/एक गोल गरे । नेपालका लागि तेज तामाङले सान्त्वना गोल गरे । चौधरीले ६२ मिनेटमा गोल गरे भने सुनिलले ८० मिनेटमा गोल गरेका थिए । नेपालका मिडफिल्डर तेज तामाङ खेलको अन्त्यमा गोल गरे ।

यसैबीच नेपाली टोलीका कप्तान किरण चेम्जोङले राष्ट्रिय टोलीबाट ७४ क्यापको कीर्तिमान तोडेका छन् । उनले यसपूर्व कप्तान विराज महर्जनको नाममा रहेको ७३ क्यापको कीर्तिमान तोडेका हुन् ।

गोलरक्षक विशाल श्रेष्ठले करिब एक दशकको राष्ट्रिय टोलीबाट डेब्यु गरेका छन् । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले विशाललाई कप्तान किरण लिम्बूको स्थानमा मैदान प्रवेश गराएका थिए ।

व्यावसायिक फुटबलमा मनाङ-मर्स्याङ्दी क्लब, मच्छिन्द्र क्लबमा सफल रहेका विशालले पहिलो पटक राष्ट्रिय टोलीबाट डेब्यु गर्ने मौका पाएका हुन् ।

नतिजालाई छाड्ने हो भने नेपाली खेलाडी र टिमको प्रदर्शनले मन जित्यो । खेल सकिएपछि नेपालका प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले पनि नतिजालाई बिर्सेर टिमको प्रदर्शनबाट खुशी भएको बताए । पहिलो खेलको तुलनामा सुधारिएको खेल खेलेको आफू प्रशिक्षकको रुपमा खुशी रहेको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...