प्रथम अन्तर्राष्ट्रिय धावक स्व. गजराज जोशीको प्रतिमा अनावरण

Mm khel

काठमाडौं । नेपालका प्रथम अन्तर्राष्ट्रिय धावक तथा नेपाली सेनाका पहिलो पुस्ताका खेलाडी स्व गजराज जोशीको प्रतिमा अनावरण गरिएको छ । जोशीले नयाँदिल्लीमा भएको प्रथम एसियाली खेलकुद ( १९५१ मा भाग लिएका थिए ।

नेपाल ओलम्पिक संग्रहालयको आयोजनामा ओलम्पिक कमिटीको प्रेक्षालयमा मंगलबार आयोजित कार्यक्रममा कमिटीका अध्यक्ष एवम् सांसद जीवनराम श्रेष्ठले प्रतिमा अनावरण गरे । कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, उपाध्यक्षद्वय चतुरानन्द राज वैद्य, ज्योती राणा, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीको उपस्थितिमा प्रतिमा अनावरण गर्दै श्रेष्ठले गजराज जोशीका विभिन्न आयामबारे चर्चा गरेका थिए ।

श्रेष्ठले स्व। जोशीलाई आफूले एक खेलाडीको रुपमामात्र स्मरण गरेकोमा आज आएर उनको बारेमा विविध जानकारी हासिल गर्न पाएको बताए । उनले आउँदो पिँढीको लागि स्व। जोशीको योगदानबाट प्रेरणा मिल्ने बताए ।

ओलम्पिक संग्रहालयमा खेल क्षेत्रलाई विकास गर्न योगदान गर्ने खेलकर्मी र विभिन्न खेलाडीहरुको प्रतिमा स्थापना गर्ने लक्ष्य रहे पनि स्व। गजराज जोशीको खेलकुदलगायत विभिन्न क्षेत्रमा गरिएको योगदानको कदर गर्दै उनको प्रतिमा स्थापना गरिएको ओलम्पिक संग्रहालयका अध्यक्ष क्षितिज अरुण श्रेष्ठले बताए ।

उक्त अवसरमा गजराज जोशीका पुत्र, नेपाल फुटभली संघका अध्यक्ष एवम् भेट्रान एथ्लेटिक्स खेलाडी मनिष जोशीलाई मानार्थ सदस्यता प्रदान गरिएको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...