सन्दीप लामिछानेले होबार्ट हुरिकेन्सबाटै बिग बास खेल्ने

Sandeep 1024x745 1

काठमाडौँ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले होबार्ट हुरिकेन्सबाटै नयाँ सिजनको बिग बास लिग खेल्ने भएका छन् ।

अस्ट्रेलियन फ्रेन्चाइज टिम होबार्टले नयाँ सिजनका लागि सन्दीपको सम्झौता नवीकरण गरिएको जनाएको छ । सन्दीपले अघिल्लो सिजन होबार्टबाटै खेलेका थिए । गएको सिजनमा उनले होबार्टका लागि ८ खेलमा ८ विकेट लिएका थिए । त्यसअघि सन्दीपले मेलबर्न स्टार्सबाट बिग बास लिग खेलेका थिए ।

बिग बासको नयाँ सिजन आउँदो डिसेम्बर ५ तारिखदेखि २०२२ को जनवरी २८ तारिखसम्म हुने छ । सन्दीप अहिले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एक दिवसीय श्रृङ्खलाका लागि ओमानमा छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...