तीन मिडफिल्डर यूईएफए वर्ष खेलाडीको मनोनयनमा

Chelsi kheladi
 
 

जुरिच । च्याम्पियन्स लिग विजेता इंग्लिस क्लब चेल्सीका मिडफिल्डरद्वय जर्गिन्हो र एंगोलो कान्टेसँगै उपविजेता इंग्लिस क्लब म्यानचेस्टर सिटीकै मिडफिल्डर केभिन डि ब्रुएन यूईएफए वर्ष खेलाडीको शीर्ष तीनको मनोनयनमा परेका छन् ।

यूईएफएले २०२०-२१ सिजनको वर्ष पुरुष खेलाडीको शीर्ष तीनको मनोनयन सार्वजनिक गरेको हो । यूईएफ वर्ष खेलाडीको अवार्डको मनोनयनमा पहिलोपटक तीन जना नै मिडफिल्डर पर्न सफल भएका हुन् ।

गत सिजन दोस्रो भएका बेल्जियन केभिन डि ब्रुएनले सिटीलाई प्रिमियर लिगको उपाधि दिलाएका थिए । यस्तै टोलीलाई च्याम्पियन्स लिगको फाइनलमा पु¥याउन सफल भएका थिए । चोटका कारण उनले चेल्सीविरुद्धको फाइनल खेल गुमाएका थिए । इटालीका जर्गिन्हो एकै वर्षमा च्याम्पियन्स लिग र युरोपेली च्याम्पियनसिप जित्ने १०औं खेलाडी बने । उनले चेल्सीबाट च्याम्पियन्स लिग तथा इटालीबाट युरोकप जित्न सफल भएका थिए ।

चेल्सीले च्याम्पियन्स लिग जित्दा एंगोलो कान्टे टोलीका मुख्य सदस्य रहेका थिए । विशेषगरी सेमिफाइनलमा स्पेनिस क्लब रियल म्याड्रिडविरुद्ध र फाइनलमा प्रिमियर लिग प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीविरुद्ध उनले अद्भूत प्रदर्शन गरेका थिए । युरोकपमा उनको प्रदर्शन औसतकै रहेको थियो । शीर्ष १० मा क्याटलान क्लब बार्सिलोना (हाल पीएसजी)का अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सी र शीर्ष पाँचमा जर्मन क्लब बायर्न म्युनिखका पोलिस फरवार्ड रहे ।

एसी मिलान (हाल पीएसजी) तथा इटालीका जियानलुइजी डोन्नररुम्मा, पीएसजी तथा फ्रान्सका केलियन एमबाप्पे, म्यानचेस्टर सिटी तथा इंग्ल्यान्डका रहिम स्टर्लिङ, युभेन्ट्स तथा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र बोरुसिया डर्टमुन्ड तथा नर्वेका एर्लिङ हालान्ड क्रमशः शीर्ष १० मा रहे । यो अवार्डका लागि यूईएफएले एक सिजनभर खेलाडीले गरेको प्रदर्शनलाई मापन गर्दै छनोट गर्ने गर्दछ ।

जसमा युरोकपको २४ राष्ट्रका प्रशिक्षक, गत सिजनको च्याम्पियन्स लिगका ३२ र युरोपा लिगको ४८ गरी ८० प्रशिक्षक, युरोपियन स्पोर्ट्स मिडिया (ईएसएम)का ५५ जना खेल पत्रकारको मतबाट खेलाडी छनोट गर्ने गरिन्छ । एकै क्लब तथा राष्ट्रका प्रशिक्षकले आफ्नै खेलाडीलाई मत दिन पाइनेछैन । यूईएफए वर्ष खेलाडीको महिलातर्फका शीर्ष तीनको मनोनयमा बार्सिलोनाकै तीन खेलाडी हर्माेसो, मार्टिन्स र पुटेलास मनोनयमा परेका छन् ।

पुरुष प्रशिक्षकतर्फ म्यानेस्टर सिटीका पेप ग्वार्डिओला, इटालीका रोबर्टाे मान्सिनी र चेल्सीका थोमस टुचेल मनोनयनमा छन् । महिला प्रशिक्षकतर्फ कोर्टेस, जरहार्डसन र हाएस शीर्ष तीन मनोनयनमा पर्न सफल भएका छन् । पुरुष गोलरक्षकतर्फ रियल म्याड्रिड तथा बेल्जियनका थिवाउट कोर्टुवा, ब्राजिल तथा म्यानचेस्टर सिटीका इडर्सन मोराएस र चेल्सीका इडुआर्ड मेन्डी मनोनयमा परेका छन् । डिफेन्डरतर्फ सेसर एज्पिलिक्वेटा, रुवेन डियास र एन्टेनियो रुडिगर छन् ।

मिडफिल्डमा केभिन डि ब्रुएन, जर्गिन्हो र एंगोलो कान्टे तथा फरवार्डमा हालान्ड, रोबर्ट लेवान्डोस्की र केलियन एमबाप्पे मनोनयनमा परेका छन् । महिला गोलरक्षकतर्फ वर्गर, इन्डलेर र पानोस शीर्ष तीनको मनोनयनमा छन् ।

डिफेन्समा इरिक्सन, मापी लिओन र पारेडेस रहेका छन् । मिडफिल्डमा बोनमाती, जि र पुटेलास रहँदा फरवार्डमा ग्राहम हान्सेन, हर्माेसो र मार्टिन शीर्ष तीनको मनोनयनमा परेका छन् । यस्तै युरोपा लिगतर्फ इडिन्सन काभानी, ब्रुनो फर्नान्डेस र जेराड मोरेनो वर्ष खेलाडीको सूचीमा शीर्ष तीनको मनोनयमा परेका छन् ।

विजेताको घोषणा २६ अगस्टमा हुनेछ । सोही दिन नयाँ सिजनको च्याम्पियन्स लिग र युरोपा लिगको समूह विभाजनसँगै खेल तालिका सार्वजनिक गरिनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...