पारस खड्कालाई बालुवाटार बोलाएरै प्रधानमन्त्री देउवाले दिए धन्यवाद र शुभकामना  

Deuba paras hrjlkllwzn

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई सरकारी निवास बालुवाटार बोलाएर धन्यवाद र शुभकामना दिएका छन् ।

यसै महिना अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका पारसलाई प्रधानमन्त्रीले नेपाली क्रिकेटको विकासको लागि दिएको योगदानप्रति आभार र धन्यवाद दिएका छन् । 

प्रधानमन्त्री देउवाले ट्विटरमा लेखेका छन्, ‘दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका हरेक ती सफलता, नेपालीले कहिल्यै नभुल्ने ती रोमाञ्चक जित र हामीलाई क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा पारस खड्कालाई धन्यवाद । नेपाल र नेपालीको शिर उँचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस् सरकारको साथ र सहयोग सधैं रहनेछ ।’

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...