फिफा वरीयतामा नेपाली फुटबल टोलीको सामान्य सुधार

Nepali football

काठमाडौं । फिफा वरीयतामा नेपाली फुटबल टोलीले तीन स्थान सुधार गरेको छ । फिफाले आज बिहीवार सार्वजनिक गरेको तालिकाअनुसार नेपाल एक सय ७१ औँ स्थानबाट एक सय ६८ औँ स्थानमा पुगेको छ ।

विश्व कप छनोट र एसिया कप छनोटका खेलमा गरेको प्रदर्शनका आधारमा नेपालको वरीयतामा सुधार आएको हो । दक्षिण एसियाली देशमा नेपाल भारत र माल्दिभ्सपछि तेस्रो स्थानमा छ । विश्व वरीयताको शीर्ष स्थानमा बेल्जियम रहेको छ भने ब्राजिल दोस्रो स्थानमा छ ।

त्यसैगरी फ्रान्स तेस्रो स्थानमा रहँदा इङ्ग्ल्यान्ड चौथो तथा इटली पाँचौँ स्थानमा छ । अर्जेन्टिना छैटौँ, स्पेन सातौँ, पोर्चुगल आठौँ, मेक्सिको नवौँ र अमेरिका दशौँ स्थानमा छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एकीकृत समाजवादीबाट फेरिए चार मन्त्री र एक राज्यमन्त्री, जीवनराम र मेटमणिको ‘इन्ट्री’ (सूचिसहित )

New mantri samajwadi

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । नेकपा एकीकृत समाजवा...