सकियो टोकियो ओलम्पिक, २०२४ मा पेरिसमा अर्काे ओलम्पिक हुने

Closing of tokyo olympic

काठमाडौं । कोरोना महामारीको चुनौतीका बीच टोकियो ओलम्पिक सकिएको छ । जुलाई २३ मा सुरु भएको यो प्रतियोगिता आइतवार राती समापन भएको छ ।

अब आउँदो ओलम्पिक सन् २०२४ मा पेरिसमा हुनेछ । टोकियो ओलम्पिकमा झन्डै ११ हजार खेलाडीले तीन सय ३९ इभेन्टमा भाग लिएका थिए ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) का अध्यक्ष थोमस बाकले टोकियो ओलम्पिक २०२० को समापन भएको औपचारिक घोषणा गरे ।

समापन समारोहमा टोकियोका गभर्नर युरिको कोइके और आईओसीका अध्यक्ष बाकले ओलिम्पिक झन्डालाई पेरिसका मेयर एनी हिडाल्गोलाई सुम्पिएका छन् । पेरिसमा नै आउँदो २०२४ पेरिस ओलम्पिक आयोजना हुँदैछ । यही क्रममा एफिल टावरमा पनि ओलम्पिक झन्डा फहराइएको थियो ।

समापन समारोहको सुरुवात आतिशबाजीबाट भएको थियो । त्यसपछि मञ्चमा आयोजक जापानको झन्डा फहराइएको थियो । त्यसपछि सबै देशको झन्डा स्टेडियममा एउटा गोलो आकारमा देखाइएको थियो । बिस्तारै–बिस्तारै खेलाडीहरू स्टेडियममा आउन थाले । यो दृश्य निकै महमोहक थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...